Techie IT
गृहपृष्ठमनोरञ्जनजिन्दगी यस्तै रहेछ

जिन्दगी यस्तै रहेछ


मनिष ढकाल’अधिर’
हजारौं खुशीहरु मनमा दबाएर
लाखौं सपनाहरू बाट बिउँझिएर पनि,
शहरहरु आजकल चिर निन्द्रामा छन
किनकी आज धेरै मान्छेले बुझेका छ्न
सब थोक जिते भन्ने कुरा बिल्कुल सपना रहेछ।

हो अब बन्नेछ जिन्दगी ,जिन्दगी जस्तो
किनकि सबका सब बिउँझेको छन,
हारेर पनि कहिले नहार्ने प्रवित्ती बिउँझेको छ
यहाँ त्यस्ता धेरै छन् गन्नै नसकिने,
बादल अथवा वर्षाजस्तै सजिलैसित बदलिने,
यी शहर अनि शहरका महापुरुषहरू बिउँझेको छन।
बिलकुल बिउँझेको छन
जिन्दगीको परिभाषा देखि अलमलिएकाहरु।।

जिन्दगी खहरे रहेछ बर्षासँगै सागर खोज्ने
र फेरि सागरको मझदारबाट किनारा लगाउने
जिन्दगी यस्तै रहेछ केवल बाच्नको लागि
संघर्ष गरिरहन्छ ,बौरिँदै अनि मर्दै,
साएद यो परिवेश अनि यो सिर्जना
जिन्दगी जिउनेहरुको एक सम्झौता मात्र
लागिरहेछ मात्र बाँच्ने बहानाको लागि ।।

खै आजकल यी बस्तीमा सन्नटा छाएको छ
झ्याल ढोका चौदङ्ग खोलेर मृत रहरहरुलाई
कलात्मक बनाउने तर्फ
सोचेको देखिरहेको छैन ।
बाटो चौबाटोमा भेटिनेहरु
जिन्दगीलाई रंगिन सम्झनेहरु खै कता गए
तक्दिरले भाग्य खोसेकाहरु खै कता गए।।
मान्छेहरु सपना देखेर नै सपना मारिरहेका छ्न
किनकी जिन्दगी दोधारै दोधारमा चलिरहेछ ।
जिन्दगी यस्तै रहेछ ।


क्याटेगोरी : मनोरञ्जन


प्रतिक्रिया दिनुहोस