२०८२ मा ४५ रिलिज । फर्जी टिकटको पराकाष्ठा बर्ष ।आर्थिक रुपले चर्चित १० चलचित्र यस्तो छन।
काठमाडौ: गतबर्षको चैत ३० शुक्रबार रिलिज चलचित्र कृषा चौलागाईंको निर्देशन बिशाल चौलागाईंको प्रस्तुति बरिस्ठ छांयाकर पुरु प्रधानको कार्यकारी निर्माणमा बनेको पिताम्बरले नयाँ बर्षको कारोबारको पोहिलो उदघाटन गरेको थियो ।यो चलचित्र हाम्रो बजार अनुसार र बिदेश बजारमा आफुलाइ मध्यम रुपमा मात्रै बिकाउन्न सफल रह्यो ।तर अनुमान गरे अनुसार उत्साहजनक टिकट बेच्न्न सकेन।
त्यसपछि बैसाख महिनामै बक्स अफिसमा उनको स्वैटरले चलचित्रले देश बिदेश बजारमा आफुलाइ उत्कृष्ट ब्यापार गर्ने चलचित्रको रुपमा स्पस्ट बलियो देखाएको थियो।
बिपिन कार्की र मिरुना मगरको जोडिले सबैको मन जितेर सार्बधिक त्यो पनि स्वस्फूर्त ब्यापर गर्ने चलचित्रको रुपमा उनको स्वैटर बक्स अफिस अवार्डमा आफुलाइ बलियो चलचित्रको रूपमा दाबेदारी प्रस्तुत गरेको छ।
बैशाख पछि जेष्ठ असार र साउन खासै राम्रो रहेन नेपाली चलचित्र बजारमा ।भदौमा केदार घिमिरे बर्षा सिवाकोटी कास्ट माग्न्ने राजा रिलिजमा आयो ।
मुलधार चलचित्र निर्देशक ऋषि लामेछानेको निर्देशन मुनाल घिमिरेको निर्माणमा बनेको माग्न्ने राजा चर्चामा रह्यो । यो चलचित्र बक्स अफिसमा औषत कारोबार गर्ने चलचित्रमा आफुलाइ पुष्टि गरेको छ। चलचित्रको लगानी नडुबिकन बिदेशमा संतोषजनक ब्यापार गरेर निर्माता सेफ सगै थोरै नुनाफा जान सफल भएकै कारण चलचित्र माग्ने राजा बक्स अफिस अवार्डमा छनोट भएको हो।
माग्ने राजा लगतै बक्स अफिसमा अनमोल केसि जसिता गुरुङ कास्ट जेरि वान टप भित्रीयो ।यो चलचित्रमाले उत्कृष्ट मार्केटिङ गर्दै देश बिदेशना राम्रो कारोबार गरि बक्स अफिसमा उत्कृष्ट छाप छोड्न्नुको साथै निर्माण कम्पनी सहजै फाइदामा पुगेको कारण पनि बक्स अफिस अवार्ड शोमा जेरि वन टप ले सिधै इन्ट्री पायो ।
जेरि वान टपको बक्स अफिस धमका छाएपछी नेपाली बक्स अफिस लाई बढा दसैंले छपकै छोप्यो ।करिब आधा महिना बिदालाइ टार्गेट गर्दै रिहित अधिकारीको माइतीघर,सन्तोष सेनको बलिदान र हरिबंश आचार्यको हरिबहादुरको जुत्ता रिलिजमा आए।
लगानी मेकिङकि हिसबले तिनै चलचित्रको दसैंको कारोबार नरान्रो भन्न मिल्दैन ।लगानीको अनुपातमा बलिदान घाटा देखिन्छ तर बक्स अफिस कलेक्स्न ५ करोड माथी र बिदेशी बजारमा राम्रै दाममा बिक्री भएकोले बक्स अफिस अवार्डमा छनोट गर्नुपर्ने बाध्यता आयो। दसैंमा रिलिज गरिएको चलचित्र मध्य माइतिघर क्वालिटी चलचित्र बन्यो । माइतोघर आफ्नै रफ्तारले बिज्नेस गर्यो यो न राम्रो होइन ।
माइतीघरको ४ करोड भन्दा स्वदेशी बक्स अफिस कारोबार देखिन्छ।
बिदेशी बजारमा पनि राम्रै बिक्री भएकोले बर्षको उत्कृष्ट चलचित्रमा माइतीघर छोनोट गर्नै पर्छ। अर्को चलचित्र हरिबहादुरको जुत्ता दसैंमा रिलिज गरिएको तीन चलचित्र मध्य दर्शकलाइ मन परेको कमेडी जराको चलचित्र हो।
यो चलचित्रले शो कम पाउदाको बाबजुद पनि निर्माताको लगानी सेफ गर्दै सहजै देश बिदेशना राम्रो आम्दानी गरि मुनाफाना पुगेकोले बर्ष समिक्षा २०८२ को हकदार बनेको छ। समग्रमा दसै टार्गेट चलची बिज्वतै हुने गरि दुबेनन र इज्वतन्सी हुने गरिपनी कमाएनन।
नयाँ बर्षमा रिलिज गरिन्ने भनेर रिलिज सरेको जारी २ तिहार छेउछाउमा मात्रै प्रदशन गरिएको थियो । यो चलचित्रले कुनै तामझाम नगरि आफ्नो लगानी सेफ गर्दै पुरानो जारीको सफलताको मानमर्दन नगरि एउटा इज्जतको मुनाफा कमाएको चलचित्र बन्यो ।
जारी २ पछी नपत्याउदो चलचित्र परान आयो बक्स अफिसमा ।सुरुमा चलचित्रको बक्स अफिस कारोबारमा परान को परान नै गैसकेको थियो तर पुस टिकटमा करोडौं रुपैया बिछाएर अन्तत करोडौं आमदानी गर्ने अथवा यो बर्षको सबैभन्दा धेरै बक्स अफिस कारोबार देखाउन्ने चलचित्र बन्यो।परान पछि आबाट आमालाइ लिन सकिन्छ।
बक्स अफिसमा सुभ कार्यमा यो चलचित्रको अनेक तान्डपको बारेमा यहाँ धेरै चर्चा नगरौं । यो अदभूत नै चलचित्र भन्नुपर्छ । किनभने नेपालगन्जको एउटा हलमा चाहिँ अदभूतनै चल्न्ने तर अन्य जिल्लाको सिनेमा हलमा सुख्खा र शहरी केही अरु हलहरुमा पनी मध्यम ब्यापार गर्ने अनौठो चलचित्र बन्यो ।
समग्रमा आबाट आमाले आफुलाइ बक्स अफिसमा अबल र सबै भन्दा उत्कृष्ट र बलियो देखाउन्न पराकाष्ठा नै पार गरिदियो टिकट बुकिङमा ।
आफ्नो शृजनालाइ हद पार गरेर ज्यान दिएको छ भन्ने त्यो आबाट आमा चलचित्रले मात्रै दिएको छ ।
यो कारण यतिधेरै मेहनत गर्ने चलचित्र आबाट आमा कसैले नराख भनेपनी आफै जबर्जस्त बक्स अफिस अवार्ड शोमा परिनै हाल्छ ।त्यस्तै बर्ष समिक्षाको ११ औ स्थानमा के घर के डेरा, १२ औ स्थानमा मोहोर,१३ औ स्थानमा बरिस्ठ बलराम,१४ औ स्थानमा मन बिनाको धन, १५ औ स्थानमा कुमारी, १६ औ स्थानना नरसिंह , १७ औ स्थानना मिरमिरे, १८ स्थानामा अभिमन्यु च्यपटर वन,१९औ स्थानमा भाइरल गोर्खे र २० औ स्थानमा एक्लो चलचित्र परेको छन।यो बर्ष सामाजिक मध्यनजर राखेर, झिल्को,मैजारो,लालिबजार,गुन्यु चोली, यो मन त मेरो नेपाली हो, महाभोज, पहिचान, सिटामोल,हर्ष र पिआर जस्ता सन्देशमुलक चलचित्र पनि बने।
धागो,बुलुलाइट,मनिताको पिरती, परिवर्तन,हेलो काशिराम,श्रीबकुरे, सिवास,लोकन्ती र खेल चलचित्रहरुको बर्षको सबैभन्दा कमजोर ब्यापर रह्यो ।
माथिको उत्कृष्ट १० मा परेको चलचित्रहरुले पनि चलचित्र राम्रो बनाउन्ने भन्दा निर्माण कम्पनीको बलियो मार्केटिङले मात्रै चलचित्र बक्स अफिसमा मुनाफा कमाउन सफल देखिन्छ। यस अर्थमा बक्स अफिस अवार्ड शोमा माथी को १० चलचित्र मात्रै संमान गर्ने निर्णयमा परेको छ भन्ने अरु फिल्म बक्स अफिस फिल्म फियर अवार्डमा प्रतिस्पर्धा गराइन्ने छ ।
नयाँ बर्ष टार्गेट पिताम्बर देखी आजको मितिको रिलिजलाइ हेर्दा चलचित्र हामितिनभाइ सम्म आइपुग्दा कुल ४४ चलचित्र केलाउदा जम्मा १० चलचित्र छानिएको छ । यसमा एउटा चलचित्र स्वस्फूर्त चल्यो र मनग्ये आम्दानि पनि सफल रह्यो । ४ वटा चलचित्रले व्यापक टिकट आफै किनेर भएपनी देशबिदेशमा राम्रो मार्केटिङ गर्दै लगानी सेफ गर्दै उत्साहजनक मुनाफा कमाउन्न सफल भएको रिपोर्ट छ। ३ वटा चलचित्रले अरु निर्मातालाई नराम्रो संग डुबाए पनि मुख्य मेकरले भन्ने भाम घोटाला गरेर अथवा फिल्म भाषामा छ्याकन हानेर करोडौं कुम्लाएको छ्न। २ चलचित्रले आफू नराम्रोसंग डुबेर भएपनि बाहिर भन्ने कमाएको भ्रम मात्रै छर्यो भित्र चाहिँ करोडौं डुबेको हिसाब छ । समग्रमा यी निर्माताले म सफल हु भन्ने एउटा हुइया फैलाउन्न मार्केट भन्ने राम्रो बनाए ।
२०८१ मा करिब ३ दर्जन चलचित्र लगभग सबै सहिदनै भए। सम्पुर्ण एकमुष्ट दुधको दुध बिषको बिष छुट्टाछुट्टै गर्ने भब्य पर्व चैत २७ गते नेपाल पुलिस क्लब काठमाडौमा रहेको छ । एकमुष्ट नालिबेली सार्बजनिक चैत २८ गते र भब्य रात्रिभोज चैत २९ सांझ राखिएको छ। आयोजक बक्स अफिस इन्टरनेसनल गृपले टेलिफिल्म,वैवसिरिज,म्युजिक भिडियो,सिनेमा हल,बितरक,पोडक्सन डिजाइनर,स्टुडियो हाउस,इकोनोमिक्स हाउस र उत्कृष्ट १० सकृय रंग पत्रकारको मनोनयन गरि कुल १० क्षेत्रको अवार्डको पनि क्रमश उत्कृष्ट १० मनोनयन सार्बजनिक गरि आफ्नो बर्ष समिक्षा अवार्ड भब्य नै आयोजना गर्ने भएको छ।
क्याटेगोरी : मनोरञ्जन






















प्रतिक्रिया दिनुहोस