Techie IT
गृहपृष्ठदेशधानमा आत्मनिर्भर हुन ‘इरि’ सँग कृषि मन्त्रालयको सम्झौता

धानमा आत्मनिर्भर हुन ‘इरि’ सँग कृषि मन्त्रालयको सम्झौता


कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरि) बीच पाँच वर्षे संयुक्त कार्ययोजनामा हस्ताक्षर भएको छ। सोमबार काठमाडौंमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालको रोहबरमा कृषि सचिव डा युवकध्वज जिसी र इरिका महानिर्देशक म्याथ्यु मोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार पाँच वर्षे कार्ययोजनामा ७ वटा थिम अन्तर्गत १६ वटा सम्भावित मुख्य परियोजना छन्, जसले पाँच वर्ष भित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउनेछ। इरिले नेपाललाई धानका नयाँ जातहरु, माटोको उर्वराशक्ति कायम, रोग तथा किराको रोकथाम,, धानको उत्पादन र उत्पादकत्व बढाउने लगायतका विषयमा सहयोग गर्नेछ।

सम्झौता अन्तर्गत रहेर इरिले सुख्खा र डुवान सहन सक्ने धानका जातहरु विकास गरी नेपाल ल्याई नार्कसँग सहकार्य गरेर नेपाल सरकारको सहयोगमा धानका जातहरु सिफारिस गरी कृषकलाई उपलब्ध गराउनेछ।
अहिलेसम्म नेपालमा सिफारिस गरिएका धानका ८२ जातमध्ये ५० भन्दा बढी जात इरिबाट उपलब्ध भएका छन्।

यसैगरी नेपालमा कार्यरत कृषि बैज्ञानिक, कृषि प्रसारमा संलग्न प्राविधिकहरुको क्षमता अभिबृद्धि गर्न पीएचडी र मास्टर्स डिग्री तथा अल्पकालिन तालिम, तथा नीति निर्माणमा संलग्न व्यक्तिहरुलाई अवलोकन भ्रमणमा पनि इरिले प्रदान गर्दै आएको छ। त्यसमध्ये ५२ जनाले पीएचडी, ४७ जनाले मास्टर्स डिग्री, १० जनाले ‘अन द जब’ तालिम र २ सय २८ जनाले छोटो अवधिको तालिम गरी ३ सय ३७ जनाले इरिबाट धान सम्बन्धी ज्ञान हासिल गरेका छन्।

नेपाल सरकार र इरिबीच सन् १९६६ देखि सहकार्य शुरु भएको हो। सन् २००५ मा इरिले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको थियो । मन्त्रालयले इरि–नेपाललाई आाफ्नो कार्यालय चलाउन नेपाल कृषि अनुसन्धान परिषद (नार्क) परिसरमा निशुल्क स्थान उपलब्ध गराएको छ, इरिले चाहिँ नेपालको धान अनुसन्धान र विकासमा सहयोग गर्दै आइरहेको छ।


क्याटेगोरी : देश
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस