Techie IT
गृहपृष्ठविचार / ब्लगस्थानीय निकायहरुको नीति तथा कार्यक्रम २०७७।७८ मा समेटिनु पर्ने बिषयबस्तुहरु

स्थानीय निकायहरुको नीति तथा कार्यक्रम २०७७।७८ मा समेटिनु पर्ने बिषयबस्तुहरु


शिबराम ढकाल
लिखु २ नुवाकोट

नेपाल मा दिनानु दिन कोरोना प्रभाब बढिरहेको सन्र्दभमा पनि देशमा अहिले संघीय सरकारको बजेट बहसको घनिभुत रुपमा छलफल चलिरहेको छ ।स्थानिय निकाय निती तथा कार्यक्रम लाई बजेटसंग तारताम्य मिलाउनको लागि छलफल मा ब्यस्त छ्न । नगरपालिका र गाउपालिका हरु संबिधान अनुरुप आ.ब. २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट पेश गर्ने अगाडी सार्बजनीक सूचना मार्फत सुझाब दिन सक्ने ब्यबस्था मिलाई सबै बैचारीक बर्र्ग बाट राय सुझाब लिइरहेका छन् । यसै सन्र्दभमा मैले पनि कोराना को प्रभाब लाई आगामि साउन अन्त सम्म न्युनिकरण भई सामान्य जिबनमा फर्कने बिश्वास सहित सबै स्थानिय निकायको लागि निती तथा कार्यक्रमको सुझाब प्रस्तुत गरेको छु ।
कोरोना महामारी लाई नियन्त्रण गरी, राजनीतिक आन्दोलनले पूर्णता पाईसकेको बिषय बस्तुहरुको संरक्षण गरदै अब जनताको आर्थिक संवृद्धि हासिल गर्ने राष्ट्रिय अभियानमा हाम्रो ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा हामी आईपुगेका छौ ।
अबको हाम्रो गन्तव्य गरिवी निवारणका लागि आर्थिक संवृद्धि, सुशासन,सामाजिक समावेशीकरण, समावेशी विकास, सामाजिक न्याय सहितको आयको समान वितरण तर्फ हुनु जरुरी छ । भौगोलिक विविधताले भरपूण अन्न उब्जनीको भन्डार त्यसैगरी विभिन्न जातजातिको मिश्रीत वसोवास रहेको यस जाति अनुसार संस्कृती भेषभुषा र परम्परागत सम्पदाहरु रहेका छन्। यी हाम्रा पालिकाहरुका सम्पती हुन् भन्ने मेरो वुझाई छ । यस्ता सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्नु हामी निर्वाचित जनप्रतिनिधिहरुको परम कर्तव्य हो र सम्बदन गर्नु गाउ र नगर बासिको कर्तब्य हो ।
तथ्य तर्क र कानुनका आधारमा गाउवासीका जायज कुराहरुको सम्वोधन गर्ने परिपाटीलाई निरन्तरता दिनुको साथै लोकप्रीयताका लागि मात्र नभई जनताका लागि आवश्यकताका आधारमा कार्य गर्न सकेमा मात्र पालिका र जनप्रतिनिधीहरुको गरिमा उच्च हुनेमा दुई मत हुन सक्दैन भन्ने मेरो ठम्याई छ ।
वर्तमान युग सूचना प्रविधीको युग हो । सूचना प्रविधीको यथेष्ट उपयोगबाट आज कैंयौ मुलकका साथै हाम्रै देशका स्थानीय तहहरुले उल्लेख्य प्रगती हासिल गरिसकेका छन्। यस परिप्रेक्ष्यमा अवको हाम्रो विकास सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धानमा आधारित रहेर हुनु पर्दछ । यसका लागि पालिकाको भुगोल , जनसंख्या, प्राकृतिक स्रोत साधन,संस्कृती, क्षमता र सम्भावनाहरुको तथ्यगत विवरण तयार गरी दुरुस्त राख्ने तर्फ हाम्रो ध्यान जानु पर्दछ ।
ध्यान गरिनुपर्न सामान्य तर महत्वपुर्ण कुराहरु ≤
१. हामीले पुरातनवादी नीतिलाई परिवर्तन गरी प्रगतीशिल र नवप्रवर्तनलाई प्रोत्साहन गर्नु पर्दछ । तर पहिले बाबू बाजेको अनुभब बाट सिर्जित प्रवर्तनलाइ save गर्नु पर्दछ ।
२. विकास र सेवा प्रवाहलाई सहजीकरण गर्ने गरि अर्पूण नीति र कानुनलाई पूर्णतादिने तथा आवश्यकता अनुसार नयाँ नीति र कानुन निर्माणमा प्राथमिकता दिनु पर्दछ ।
३. गाउपालिकाका संस्थागत संरचनालाई सक्षम र कार्यमूलक वनाउनका साथै संरचनाहरुको कार्य प्रकृती, प्रदान गर्नु पर्ने सेवा र अवस्थितीको सही विश्लेषण गर्न सक्नु पर्दछ । यसका लागि जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धी गरी अन्य क्षेत्रमा योग्य, विशेषज्ञ र दक्ष जनशक्ति विकास एवं परिचालन गर्न वृहत जनशक्ति योजना तर्जुमाको आवश्यकता मैले देखेको छु ।
४. गाउपालिका भित्र उपलब्ध तर प्रयोग विहीन र कम प्रयोग भएका स्रोत र साधनलाई कुशलतापूर्वक परिचालन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ ।
५. गाउपालिकाको आन्तरिक आय वृद्धिका संवाहक कृषि, उद्योग, पर्यटन, जलस्रोत तथा सिन्चाई, व्यापार व्यवसाय जस्ता क्षेत्रहरुको सही उपयोग नै हो । सार्वजनिक, नीजि र सहकारी क्षेत्रको समेत यस क्षेत्रमा लगानी केन्द्रित गराउनुहामी सबैको उतिकै दायित्व छ । यसका लागि सम्बन्धित पक्षलाई प्रेरित गर्न सक्नु पर्दछ ।
६. कृषि तथा पशुपालनको व्यवसायिकरण र वजारीकरणका लागि थप तरकारी पकेट क्षेत्र घोषणा गरी सो क्षेत्रमा लगानी वढाउनु जरुरी छ ।
७. पर्यटन उद्योग मार्फत गाउको आम्दनी वृद्धि गर्नका लागि ऐतिहासिक महत्वका मठमन्दिर, भाषा र संस्कृतीको संरक्षण सम्बद्र्धन गर्न पर्दछ ।
८. शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, इन्टरनेट र वैंकिग क्षेत्रमा ग्ँँउवासीको सहज पहुचमा महत्व दिनु आवश्यक सम्झेको छु ।
९. शिक्षा क्षेत्रको विकास नभै गाउवासीको उत्थान हुन नसक्ने भएकाले गाउ भित्र रहेका विद्यालयहरुमा रिक्त शिक्षक दरवन्दी मिलान तथा पूर्ती गर्ने,विद्यार्थी संख्या अत्यन्त न्यून भएका विद्यालयहरु एक आपसमा मर्ज गर्दै जाने, विद्यालयको भौतिक संरचनामा सुधार गर्ने, सबै विद्यालयमा क्रमशः इन्टरनेटको सुविधा पु¥याउने कार्य विशेष प्राथमिकतामा राखिनु पर्दछ । वालवालिकाले विद्यालय छाड्ने कारणको अनुसन्धान गरी सुधार कार्यक्रम सञ्चालन गर्ने र वालमैत्री गाउको विकास गर्न अन्य साझेदार निकायसँग हातेमालो गरी शैक्षिक तथा वालवालिकाको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिनु पर्दछ ।
१०. विद्यालयहरुमा पाठयक्रम लागू गर्दा गाउपालिका अबिभाबक,बिध्यार्थी,र बिज्ञ बिचको छलफल बाट हुनुपर्दछ, Music,Yoga,Sports Disaster Management, Agro को पाठयक्रम अनिबार्य गराउने ।
११. योग, ध्यान, सकारात्मक सोच को बिकाश गर्न, सामुहिक कार्यक्रम सन्चालन गर्ने, विद्यालयहरुमा महिनाको एक दिन Training and motivation सन्चालन गर्ने ।
१२.सुत्ने,उठ्ने, खाने, बोल्ने,सिप बिकाश गर्न, सामुहिक कार्यक्रम सन्चालन गर्ने Campaign चलाउने ।
“सुखी नेपाली समृद्ध नेपालको” भन्ने मूल नारा संघीय सरकारले तय गरेको छ । यो नारालाई सार्थक वनाउन हामी लिखु गाउपालिकाका जनप्रतिनिधी र गाउवासी समेतले पनि योगदान पु¥याउनु जरुरी छ । यसैमा आधारित रहेर मैले गाउपालिकाको आगामि आ.व. २०७७÷०७८ को नीति तथा कार्यक्रमको सुझाब प्रस्तुत छु ।
उपरोक्त आधारमा आगामि वर्षका योजना तथा बजेट कार्यक्रम छनौट गर्न निम्न प्राथमिकता क्षेत्र तोकीएका छन् । साथै वडास्तरबाट योजना तर्जुमा गर्दा समेत देहाय अनुसारका प्राथमिकताका आधारमा तर्जुमा गर्न निर्देश गरिएको थियो ।
१. तथ्याक संकलन (Including Past momentum,present status,and future potentialities of village with full description)
२. Health related pandemic management like Covid-19 and Disaster related pandemic management, environment protection and sustainable development focused planning,

३. आर्थिक विकास तथा गरिवी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने जसले लक्षित वर्गका जिविकोपार्जनमा सघाउ पु¥याउने योजना,
४. उत्पादनमूलक र छिटो प्रतिफल दिने योजना,
५. राजश्व परिचालन र आन्तरिक आयमा उल्लेख्य योगदान पु¥याउने योजना,
६. सेवा प्रवाह, संस्थागत क्षमता अभिबृद्धि र सुशासनमा योगदान पु¥याउने योजना,
७. स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिताको अभिबृद्धि गर्ने योजना,
८. लैङ्गिक समानता, सामाजिक समावेशीकरणको अभिबृद्धि गर्ने योजना,
९. स्थान बिशेषको संस्कृति र पहिचान प्रबर्धन गर्ने योजना ।
उल्लेखित निती तथा कार्यक्रम तय गर्दा तल दिइएको  Standard format  लाइ आत्म साथ गदै तय गरीएको हुनु पर्दछ ।
खण्ड १

समस्याको पहिचान
पृष्ठभुमि
मुल समस्या
समस्याको कारण
समस्याको कारणबाट सिर्जित नकरात्मक प्रभाबहरु
खण्ड २

मौजुदा ब्यबस्थाहरु

नितीगत ब्यबस्थाहरु
कार्यक्रमगत ब्यबस्थाहरु
संगठनात्मक ब्यबस्थाहरु
खण्ड ३

समस्या समाधानका लागि सुझाबहरु
नितीगत सुझाबहरु
कार्यबिधिगत सुझाबहरु
संगठनात्मक सुझाबहरु
पर्याबरणीय अनुकुलनका लागि सुझाबहरु
ब्याबारगत सुझाबहरु
खण्ड ४

सुझाबहरुको कार्यान्वन तथा अनुगमन मुल्याकन गर्ने ठोस तरिका
खण्ड ५

सुझाबहरुको कार्यान्वन अनुसारको कार्ययोजना ।
निष्कर्ष

उल्लेखित स्पष्ट निती तथा कार्यक्रम लाई हासिल गर्न निम्न लिखित ब्अतष्यल उबिल सहितको ठोस (Strategic planning with Log frame) आउनु पर्दछ । जसको लागी निम्न ँयचmबत आबलम्बन गर्न सकिन्छ ।

Vision:

Mission:

Objectives/Goal:.

Environmental Scanning:

  1. SWOT Analysis:
  2. Strength:
  3. .
  4. Weakness:
  5. .
  6. Opportunities:
  7. Threats:

Strategies:

          Activities from each strategies:

 

Action Plan:

SN Objectives Strategies Major Programmes Implementing body

 

Evaluation body Indicators of Evaluation Expected achievement Time Budget

(in lakh)

Risk )

 

समेटिनु पर्ने, गरि नु पर्ने अन्य कामहरु

१. राजश्वका दरहरुलाई उपयुक्त विन्दुमा राखी दायरा विस्तारमा जोड दिने ।
२. गाउपालिका मा ढुंगा, गिट्टी बालुवा निकासी आदिलाई गाउपालिकाकै मातहतमा मात्र सन्चालन मा लेराई सबै बिकाश निर्माणको काम मा आवश्यक मालसामान One Door policy लागू गरी Digital supply chain मार्फत management गर्न
३. गाउभित्रका जग्गाको रेखाब्कन गर्न अमिन खटाउँन रेखाँकन दररेट निर्धारण गर्ने ।
४. गाउपालिकाको स्वामित्वमा टेण्डर बाट खरिद गरी व्याकहोल लोडर, ट्रिपर र टैक्टरलाई भाडामा लगाउन कार्यविधि निर्माण गर्ने ।
५. गाउ क्षेत्रभित्रका सबै सामूदायिक संस्थाहरुलाई दर्ता तथा नविकरण गर्ने, गर्ने ।
६. गाउ भित्र रहेका कृषि तथा पशु संस्था÷समूहहरुलाई दर्ता÷नविकरण गराउने । यस्ता व्यवसायिबाट न्यूनतम सेवाशुल्क मात्र संकलन गर्ने
७. गाउ क्षेत्र भित्रका निर्माण व्यवसायी, परामर्श दाता संस्थाहरुलाई दर्ता÷नविकरण अनिवार्य गर्ने ।
८.गाउ भित्र रहेका वित्तीय कारोबार गर्ने बैँक तथा वित्तीय संस्थाहरु, सहकारीहरुलाई दर्ता÷नविकरण गरी करको दायरामा ल्याईर्नु पर्दछ ।
९. गाउ भित्र व्यवसाय संचालनमा रहेका तर पालिकामा दर्ता नभएका एवं दर्ता भएर पनि नविकरण नगरेका व्यवसायीलाई दर्ता÷नविकरणमा ताकेता गर्ने ।
१०. सबै खाले सिफारिस तथा दस्तुरलाई कडाईका साथ लागु गर्ने ।
११. एकिकृत सम्पति करलाई वढी वैज्ञानिक र सहज बनाउदै लैजाने ।
१२ घर वहाल कर चालु आ.व. बाट नै स्थानीय सरकारले नै संकलन गर्ने गरी व्यवस्था गरिसकेको छ । घरवहाल कर कडाईका साथ लागू गर्ने ।
१३.वन पैदावर, कृषिजन्य उत्पादन, पशुजन्य उत्पादनको निकासी, पैठारीलाई करको दायरामा लेराउने ।
१४.करको दायरामा आउने र नआउने, समयमा कर तिर्ने र नतिर्ने बीच फरक अनुभूति दिन कर छुट, दण्ड तथा पुरस्कार जस्ता कार्यक्रम ल्याइने छ । बढी कर तिर्ने करदातालाई सम्मान गर्ने परिपाटीलाई बिकाश गर्ने ।
२८.पालिकालाई तिर्न, बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाईसकेपछि मात्र सेवाग्राहीलाई कार्यालयले सेवा उपलब्ध गराउने नीतिलाई कडाइका साथ लागु गर्ने ।
२९.सूनुवाई, सार्वजनिक परीक्षण, देख्ने र पढ्ने मात्र नभई श्रव्य दृश्यको माध्यमबाट नागरिक वडापत्र सार्वजनिक गर्ने जस्ता त्यसको माध्यमवाट पालिकाका काम कारवाहीमा सुशासन र पारदर्शिता प्रवद्र्धन गर्ने ।
३०.सबै सदस्यहरुको उपस्थितिमा अर्ध वार्षिक समीक्षा बैठक बस्ने व्यबस्था मिलाईने छ । उक्त वैठकमा अन्य सरोकारवाला साझेदार संस्था, सञ्चारकर्मी समेतको सहभागी गराईनेछ । साथै पालिकाबाट प्रवाह हुने सेवाको पारदर्शिताका लागि सार्वजनिक सुनुवाई वडास्तरमा समेत गरिने व्यवस्था मिलाउनु पर्छ ।
३१.अन्य स्थानीय तहका राम्रा अभ्यासहरुलाई यस पालिकामा भित्राउन जनप्रतिनिधि र कर्मचारीहरुलाई अबलोकन भ्रमणको व्यवस्था मिलाउने ।
३२.कर्मचारीको कार्यक्षमता वृद्धिगर्न Job descriptions with Quarterly Performance appraisal गरी आवश्यकतामा आधारित तालिम प्रदान गर्ने, प्रविधि मैत्री बनाउने तथा असललाई पुरस्कार र खराबलाई दण्ड दिने नीति लिने । अतिरिक्त समयमा काम गर्ने नपाइन्ँे व्यवस्था गरिनु पर्दछ ।
३३.निरक्षर र असमर्थ सेवाग्राहीहरुका लागि सहयोगी कक्षको व्यबस्था गर्ने ।

३४.सहकारी व्यवस्थापनका लागि आवश्यक विधि निर्माण,उत्पादनशील तथा सामाजिक व्यवसायका क्षेत्रमा क्रियाशिल गराई अनुगमन तथा नियमनका माध्यमबाट सहकारी क्षेत्रमा सुशासन कायम गर्ने ।
३५.सवैका लागि स्वास्थ भन्ने नारालाई सार्थक बनाउन आवश्यक स्थानमा घुम्ती स्वास्थ्य केन्द्र स्थापना गर्नका साथै यस अघि स्थापना भएका स्वास्थ्य केन्द्रका लागि Action Plan अनुरुप आवश्यक वजेट व्यवस्था गर्ने ।
३६.निःशुल्क उपलब्ध गराउने भनि तोकीएका औषधीहरुको आपूर्तिलाई सर्वसुलभ र सहज
बनाइने छ । साथै गाउभित्रका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरुमा औषधीको अभाव हुन नदिने प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भवती महिलाको शल्यक्रिया सेवालाई बिस्तार गर्ने र Cumpulsory one registered doctor and registered nurse पालिकामा सधै हुन लाइ बजेटको ब्यबस्था गर्ने नीजिस्तरबाट सञ्चालित स्वास्थ्य संस्थाहरुको अनुगमन तथा नियमन गर्ने ।
३७.असंक्रामक दीर्घरोगहरुको पहिचान तथा निदानमा आयुर्वेद सेवाको उपभोगमा बृद्धि गर्ने
३८.पालिका भित्रका सवै वडामा एम्बुलेन्स आवत जावत गर्न सक्ने बा¥है महिना सडक पहुँच सुनिश्चित गरी यातायातका पूर्वाधार र सामाजिक विकास बीच तादम्यता कायम गर्ने ।
३९.गाउ क्षेत्र भित्र निर्माण हुने सार्वजनिक पूर्वाधारलाई अपाङ्ग मैत्री बनाउने ।
४०.घरेलु हिंसा बाट पीडित तथा पारिवारिक वीचलनमा परेका महिलाहरुको व्यवस्थापन तथा सेवाको आवश्यकता सम्बोधन गर्न सेवा केन्द्रको व्यवस्था मिलाउनेतर्फ ध्यान दिने ।
४१.महिला, दलित, जनजाति तथा सीमान्तकृत समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक उत्थानको लागि आवस्यक कार्यक्रम सन्चालन गर्ने ।
४२.फरक क्षमता भएका र ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा र सम्मानको कार्यक्रम लाई अगाढि बढाउने ।
४३.आप्रवासी कामदारहरुको व्यवस्थापनका लागि आप्रवासन सुचना केन्द्र स्थापना गर्ने कार्यक्रमहरु ल्याईने, Lobour/Worker management house को ब्यबस्था गदै बैदेशिक मुलुक बाट फर्केका र बेरोजगार केन्द्र मा दर्ता भएका मानिस व्यवस्थापन गरी गाउपालिकाकै बिकाश निमार्ण, कृर्षि मा लगाउने ।
४४.खेलाडीको क्षमता र खेलको स्तर बृद्धि गर्न गाउ स्तरीय रंगशाला तथा आवश्यक भौतिक पूर्बधारको ब्यबस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्ने ।
४५.मनोवल उच्च राख्नका साथै आन्तरिक खेलकुद प्रतियोगितालाई जीवन्त राख्न मेयर कप फुटबलको आयोजना गर्ने कार्यक्रम ल्याईने छ । फुटवल, भलिवल, तेक्वान्दो, व्याडमिन्टन प्रतियोगिताका लागि आवश्यक वजेटको व्यवस्था गर्ने ।
४६.पालिका स्तरीय पुस्तकालय स्थापनाको लागि आवश्यक कार्यक्रमहरु लेराउने ।
४७.पालिका यातायात गूरुयोजना, साना सिंचाई गूरुयोजना तथा खानेपानी गूरुयोजना तयार गरी आयोजनाहरु सञ्चालन पूर्व सर्वे डिजाईन तथा लागत तयार गरेर आवधिक योजनाको अभिन्न अंगको रुपमा अगाडि बढाउने ।
४८. एकिकृत वस्ती विकास योजनाका लागि १५ घरसम्म एकै स्थानमा वनाउने योजना ल्याएमा त्यस्ता कार्यको प्रोत्साहनका लागि सडक, विद्युतको व्यवस्था पालिकाबाट नै गराउनका साथै नक्शा पास दस्तुरमा ५० प्रतिशतसम्म छुट दिने नीति लिने ।
४९. सडकको नयाँ ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गर्दै ट्रयाक ओपन भइसकेका सडकको स्तरोन्नतीका लागि प्राथमिकता दिने । वनिसकेका सडक, पुल पुलेसा संरक्षण, मर्मत र स्तरोन्नतीमा प्राथमिकता दिने ।
५०.कृषि सडक तथा हरियाली सडक निर्माणमा प्राथमिकता दिने । पहिरोलगायत अन्य पहिरो नियन्त्रणका लागि विभिन्न निकायको सहयोगमा पहिरो नियन्त्रणको प्रयत्न गर्ने । साथै सो स्थानमा वसोवास गर्ने समुदायलाई अन्यत्र स्थानान्तरका साथै जिविकोपार्जनमा विशेष व्यवस्था गर्ने ।
५१. सार्वजनिक जग्गा, पहिचान गरी संरक्षण र उपयोग गर्ने नीति लिईनेछ । साथै गुनासोमा नसमेटिएका भुकम्पपीडितहरुको व्यवस्थापनका लागि विशेष पहल गर्ने ।
५२.कम्तिमा एक वडा एक वजार केन्द्रको नीति लिई वजारीकरण कार्यलाई अभियानका रुपमा गर्ने स्थानीय उत्पादन लाई खेतबाटै निश्चित दर तोकी स्थानीय सरकार या सहकारी मार्फत खरिद गर्ने ब्यबस्था मिलाउने ।
५३.नतिजामा आधारित योजना निर्माण र योजनाको अनुगमन प्रणालीको अवलम्बन गर्ने ।
५४. कृषियोग्य जमिनलाई खण्डिकरण गरी जग्गा प्लटिङ गर्ने कार्यलाई निरुत्साहित गरि कृषकहरुसंग छरिएर रहेका जग्गाहरुलाई चक्लावन्दि गरी व्यवसायिक प्रयोगमा ल्याउने नीति लिने ।
५५.सहकारीमा आधारित कृषि प्रणालीलाई अनुदानको व्यवस्था गर्ने कार्यको शूरुवात गरिने छ । कृषक समूह, व्यवसायिक फर्महरुलाई प्राविधिक सेवा तथा भौतिक पूर्वाधार निर्माणमा सहयोग उपलब्ध गर्ने ।
५६.उन्नत जातको वीउविजन तथा नश्ल सुधारका कार्यक्रममा लगानी गर्ने ।
५७.पशु ÷वाली विमा कार्य प्रभावकारी रुपमा लागू गराउने ।
५८. न्यून आय भएका गरीव महिलाहरुको आम्दानीका स्रोत वढाउन आय आर्जनका विभिन्न योजना तर्जुमा गरी सञ्चालन गर्ने ।
५९. सुख्खा क्षेत्रमा सुख्खा सहनशिल घाँस वालीको विकास गर्न प्रविधिको अन्वेषण गर्ने कार्यको शुरुवात गर्ने ।
६०. कृषि प्रशोधन केन्द्र र कृषिमा आधारित उद्योग खोल्न सम्भाव्यता अध्ययन गरी लगानी
गरी कृषि तथा पशुजन्य उपजहरुको बजारीकरणमा सहकारी एवं निजि क्षेत्रलाई समेत परिचालन गर्ने ।
६१. किसानलाई आफ्नो उत्पादनको वजारीकरण गर्न प्रेरित गर्नका साथै वजार सुनिश्चितता गर्ने तर्फ ध्यान पु¥याउने ।
६२. स्थानीय वातावरण अनुकुलका फलफूल तथा तरकारी उत्पादनमा कृषकहरुलाई प्रोत्साहन गर्नुका साथै बजारिकरणमा समेत जोड दिईने छ । यसका लागि आवश्यक नर्सरीको व्यवस्था गर्ने ।
६३. स्थानीय स्रोत र सीपमा आधारित साना घरेलु तथा कुटीर उद्योगलाई प्रोत्साहन गर्न त्यस्ता उधोगलाई आवश्यक पानी, विजुली, प्रवेश मार्ग सहज उपलब्ध गराई रोजगार वृद्धि हुने कार्यक्रमको सृजना गर्ने ।
६४. गाउ स्तरीय उद्यम विकास योजना कार्यान्वयनका लागि विशेष ध्यान पु¥याउने ।
६५. उद्योग तथा व्यापार व्यवसायका माध्यमबाट गाउको आर्थिक विकास गर्न व्यापार सहजिकरणको नीति अवलम्बन लिने ।
६६.. टोल सुधार समितिको क्रियाशिलता वढाई समितिका पदाधिकारीका लागि तालिमको व्यवस्था गरिनेछ । टोल सुधार समिति संग सहकार्य गरी बजार सरसफाई कार्यलाई अभियानको रुपमा लाने ।
६७.सडक किनारामा निर्माण सामाग्री थुपार्ने कार्यलाई निरुत्साहित गरी थुपार्नेहरुलाई कानुनी दायरामा ल्याउने ।
६८. अन्तर वडा नर्सरी स्थापनाको कार्य अभियानको रुपमा लगिनेछ ।
६९. विवदमा परेका परिवारलाइ पुनस्र्थापना गर्ने स्थानको व्यवस्थाका साथै जिविकोपार्जनमा टेवा पुर्याउने कार्य समेत सञ्चालन गर्ने ।
७०. पीछडिएको बर्ग र क्षेत्रका व्यक्तिहरुको न्यायमा सहज पँहूच सुनिश्चित गर्न कानुनी शिक्षा र सचेतना कार्यक्रम संचाल गर्ने ।
७१.रु १० लाख सम्म को लघु उधम लोन को जमानत पालिका आफै रहने ।
७२. प्रयोगमा नआएको भुमि गाउपालिका ले बैकंले जस्तै गरी जम्मा गरी सरकारी या निजी लगानी गरी उपयोगमा लेराउन, भुमि मालिक लाई दर निर्धारण गर्ने ।
७३. योगदानमा आधारीत सामाजिक सेवालाई सबै माझ पुराउन पहल गर्ने, र बिस्तारै अनिबार्य गराउने निती लिने ।
सवलीकरण, ज्ञान र सीप तथा नवप्रवर्तनमा आधारित उत्पादन प्रणाली, प्रविधि विकास मार्फत श्रमको उत्पादकत्व वृद्धिको अवस्थाले समाजवादको मार्ग प्रशस्त गर्दछ भन्ने मेरो विश्वास छ । यसका लागि मनमा स्वस्छता, काममा इम्ँँन्दारीता, काधमा जिम्मेवारीता, दृढ संकल्प साथ सम्पुर्ण कर्मचारी, ब्यबसायी, उपभोक्ता र जनसमुदाय आ आफनो ठाउबाट हर बखत खट्न आवश्यक छ ।
धन्यवाद


क्याटेगोरी : विचार / ब्लग


प्रतिक्रिया दिनुहोस