हामिले के गर्यौ भने अर्थतन्त्रलाई ब्यबस्थापन गर्न सकिएला ?
बिदेशि भुमिमा रहेका नेपाली नागरिक का लागि नेपाल सरकार खोइ ? हामिले के गर्यौ भने अर्थतन्त्र लाई केही भय पनि राहत दिदै ब्यबस्थापन गर्न सकिएला ?
शिवराम ढकाल
लिखु २ नुवाकोट
कर्मचारीः राष्ट्र्यि बाणिज्य बैंक
कोरोना भाइरसका कारण एसियाली मुलुकहरूमध्ये सबैभन्दा गम्भिर आर्थिक क्षति नेपालमा हुने प्रक्षेपण एसियाली विकास बैंक (एडिबी)ले गरेको छ । कोरोना महामारीको प्रभाव ६ महिनासम्म रहँदा नेपालको कुल गार्हस्थ्य उत्पादनको १३ दशमलव ६ प्रतिशत (अर्थात् ४ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ) बराबरको आर्थिक क्षति हुने अनुमान एडिबीको छ ।
नेपालमा विशेषत कोरोना को कारणले गर्दा बिप्रेषण आय र पर्यटन क्षेत्रको गिरावटले देशको समग्र अर्थतन्त्रमा गम्भीर समस्या निम्तिने निस्चय छ । नेपाल रास्ट्र बैंकको २०१८ र १९ को प्रकाशित तथ्यांक अनुसार नेपाल बिस्वमा हाल ग्रस डोमेस्टिक प्रडक्ट मा रेमिट्यान्स आयको योगदान मा २५.४ ५ रहेको छ । जिडिपी को आकार मा रेमिट्यान्स आय जुन साउथ एसियामा पहिलो मुलुक हा । कुल जिडिपी मा चाहि पर्यटन क्षत्र को योगदान ९% हाराहारी मा रहेको छ । तर हाल को जस्तै अवस्था छ महिना सम मात्र रहि रहे नेपालको हरेक ब्येबसाइक छेत्रमा असर पर्ने निश्चितता छ ।
येसै सन्दर्भ लाई मध्यनजर गर्दै अब हाम्रो सामु आउन सक्ने समस्या को बाबजुत हामिले बिदेशी भुमी मा रगत पसिना बगाइ रहेका तर तत्काल नेपाल फर्कि नेपाली भुमीमै केही गर्न तयार रहनु हुने समुर्ण नेपाली हरु को लागि येस्तो कठिन घडी मा समान पुर्बक नेपाल भित्राई उनीहरु लाई उत्पादन मुलक क्षेत्रमा ब्यबस्थापन गर्नु पर्ने अत्यन्त कठिन चुनौती तपाईं हामी सामु खठा भएको छ ! तसर्थ तलका बुदा हरुले भनिय अनुरुप ब्यबस्थापन गर्दै लगिनु पर्ने मेरो सुझाव रहेको छ ।
१. बिदेश मा रहेको दूतावास र स्थानिय निकाय मा हालै रहेका कर्मचारी र जनसमुदायको सहयोग मा टेक्नोलोजीको प्रयोग गर्दै या मोवाईल एप्सको माध्याम बाट सम्पुर्ण बिदेसी भुमी मा फरमल र ईनफरमल तरिकाबाट बस्दै आयेका ( सबै भिसा मा गएका) नागरिक को तल दिइएको कुरा हरु लाई समेटी तथ्यांक संकलन गर्नु पर्दछ ।
क) पूरा नाम, परिवार को नाम, स्थान र अस्थाइ ठेगाना , कन्ट्याक डिटेल
ख) काम गरिरहेको कम्पसनको को नाम, ठेगाना र कन्ट्याक डिटेल
ग) रोजगारी को आय र अबस्था,
घ) आफू र आफ्नो नछुटियेको परिवार को टोटल आय र सम्पत्ति को टेन्टेटिभ बिबरण युक्त भ्यालु
ङ्) घर जान खोज्नु को कारण सुहाउदो बिबरण सहितको,
च) आफू सङ भएको शिक्षा र ज्ञान र लिइएको तालिम को बिबरण,
छ) नेपाल सरकार ले जारी गरेका सम्पुर्ण स्ट्यान्डिङ अपरेटिङ प्रोरोसिडिउर नियम, कानुन पालन गर्न तयार रहेको सो( घोषणा ! पछि स्थानिय निकाय आएपछि परिवार सहित को साछी हस्ताक्षर।
२) तथ्यांक अनुसार समस्या को तहगत गर्दै स्थानिय निकाय को तयारी अनुरुप,नेपाल सरकारको तयारी अनुसार आफ्ना नागरिक लाई नेपाल मा नेपाल सरकार ले गर्ने कुरा हरु दिने काम हरु, र लिग्न सकिने सुबिधा हरु राजदूतावासको माध्यमबाट जानकारी गराउनु पर्दछ र माथि दिएको तथ्यांक फम लाई भरी दूतावासको रोहवरमा नेपाल आउने टिकट मा चरणबद रुपमा आधा(आधा गरि समान पुर्बक नेपाल लेराउने ।
३) जुन(जुन स्थानिय निकायको नागरिक देस आउने हुन सो स्थानिय निकाय ले कामदार लेराउने बजेट बिनियोजन गर्दै, एैरपोट नजिकै रहेको कुनै स्थान मा कुनै दिन राखी सम्पुर्ण ब्यक्तिको पि सि आर विधि बाट कोरोना सङै अरु विधि बाट क्रिटिकल डिसिएस भए नभएको त्भकत गर्दै, स्थानिय निकाय को रोहबर मा सम्बन्धित क्वारेन्टाईन तिर सुरक्षित लैजाने ।
४) कम्तीमा येक स्थानिय निकाय मा ५० जना तत्काल श्रम गर्न तयार नेपाल कै र नेपाल बाहिर बाट आउने जनशक्ति हुने निश्चित भएपछि मात्र यो सम्पुर्ण काम अगि बडाउने ।
५) स्थानिय निकाय ले आफ्नो लोकल बस्तु सकभर उपयोग गर्न निर्देश गर्दै पहिलो स्टेज मा स्थानिय सरकारका प्रतिनिधि ले, अनि प्रतिनिधि को परिवारले अनि गाउँ को क्लवका, बिभिन समिती, सहकारी का कर्मचारी हुँदै बिस्तारै टोल, टोल मा लोकल सामान प्रयोग गर्न को लागि अभियान सुरुवात गर्दै सबैले कम्तिमा बर्षको ६ महिना आफ्नो देश को बस्तु मात्रै प्रयोग गर्ने लाई प्रण गर्ने,। गाउँ पालिका मा उत्पादन हुने कुनै सामान प्रयोग गर्न परेमा सम्बन्धित वडा को अनुमती अनिबार्य लिग्नु पर्ने ।
७) योगदान मा आधारित सामाजिक सुरक्षा कोष मा अनिबार्य वडा कार्यलय को समन्वय मा प्रत्यक (श्रमिक)ब्यक्ति सङ्लग्न हुनुनै पर्ने ।
८) श्रमिक र रोजगारदाताबाट हुने कुनै पनि किसिमको काम कार्बाही को लेखा जोखा राख्ने, नियम भन्दा बिपरित जाने हरुको लागि सङिय सरकारको मातहात मा सम्पुर्ण जिल्ला हरु मा छुटै छुटै कन्ट्रेल मेकानिजम सहितको समिती बनाइ प्रत्यक महिनाको ईन्पेक्सन रिर्पोट मन्त्रालयमा बुझाउनु पर्ने , सोही अनुसार काम नभएको प्रमाणित भएमा श्रम सिबिर मा राखी कार्बाही चलाउन सक्ने जस्लाइ खान लाउन र बस्न मात्र दि श्रमदान गराउने,।
९) स्थानिय निकाय को समन्वय मा संचालित कृषि, उद्योग, कुनै पनि परियोजना लाई सहज बनाउ कुनै पनि बन्द, हड्ताल, नाराबाजी, उत्सृखल गतिविधि, सामुहिक, राजनीतिक बहस जस्ता काम कुरा हरु गर्न नपाइने, बैङंकिङ पदतीको जस्तो चेन अफ कमान्डमा सम्पुर्ण ईनटरनल कन्ट्रेल सस्टिम बनाइ पार्टिसिपाट्र्ी मेनेजमेन्टको अबधारणा अबलम्बन हुनु पर्दछ।
१०) सम्पुर्ण स्थानिय निकाय को एक्टिभ पपुलेसन तर दैनिक सिफ्ट वाईज काम गर्न खोज्ने जनशक्ति म्बतब लिगि समय निकाल्न सक्ने सबै लाई आवरली वेसिकमा काम लगाइ सबै उमेर समूह काम गर्ने सक्ने मानिस लाई प्रोडकटिभ बनाउने ।
११) गाउँ मा रहेका र गाउँ बाट टाढा रहेका सैबै ज्ञान सिप भएका समूह पहिचान गर्दै उनिहरु लाई सोही अनुरुप कदर गर्ने, र निरन्तर छलफल चलाउन कोअरडिनेसन गर्ने ।
१२) स्थानिय निकाय को बजेट को बिकास निर्माण खर्च लाई सोही स्थानकै नागरिक को सङ्लग्नता सम्पन्न गर्न मा जोड दिने, सामान्य तालिम र सीपले काम लगाउन सक्ने जनशक्ति लाई तुरुन्तै क्यास गरिहाल्ने ।
माथीका यी महत्त्वपूर्ण काम हरु सम्पन्न गरि उपलब्ध मानवीय शक्ति लाई सहि रूपमा उत्पादन मुखी बनाउन को लागि नेपाल मा कृषिनै सबैभन्दा महत्वपूर्ण आधार हो ! तसर्थ कृषिको विकासका लागि कृषिजन्य उद्योगहरूको विकास जरुरी हुन्छ । कृषिबाट उत्पादित वस्तुहरू कृषिजय उद्योगहरूमा खपत भई उचित मूल्य प्राप्त भएको खण्डमा देशमा उपलब्ध स्रोत र साधनको उचित परिचालन हुने गर्छ । कृषिक्षेत्रमा लुकेर बेरोजगार क्रमशः घटाउन सकिन्छ । हामीले कृषिसँग सम्बन्धित उद्योग सञ्चालन गरी कृषिबाट प्राप्त हुने कच्चापदार्थ खपत गरेर विदेशमा निकासी गर्न सकेमा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।
साथै दिगो रुपले नेपालमा रोजगार सिर्जना गर्ने रोजगार कार्यक्रमहरूको गुरूयोजना ल्याउन जरुरी छ । उद्यमशीलताको परामर्श, ऋण उपलब्धता, करमा छुट लगायत सुविधा उपलब्ध गराई नयाँ व्यवसाय खोल्न प्रोत्साहित गर्ने र स्वरोजगार बनाउने जिम्मा सरकारकै हो । सरकारी तथा निजी क्षेत्रका उद्योगधन्दामा लगानी वृद्धि गराउने, विशेष संरक्षण, प्रवर्द्धन गर्ने र उत्पादन क्षमता वृद्धि गर्दै थप रोजगारी सिर्जना गर्न पहल गर्न जरुरी छ ।
वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको जीवन रक्षा, रोजगारी गुमाउने नागरिकका लागि पुनस्वरोजगार वा स्वरोजगारको उपयुक्त व्यवस्था तथा विप्रेषण ह्रास भई अर्थतन्त्रमा पर्ने असर सम्बोधन गर्न, आन्तरिक पर्यटन, कृषि तथा उत्पादनमुखी उद्यम विकास गरी आर्थिक रूपमा आत्मनिर्भर उन्मुख बनाउन जरुरी छ।
अन्तमा
मनोरञ्जनात्मक सङै आध्यात्मिक, ज्ञान को बिकास गराउदै सकारात्मक भावना लाई फैलाउदै देशलाई आत्म निर्भर को दिशा तिर उन्मुख बनाउनु आज को हाम्रो आवश्यकता देखिन्छ। जसबाट रेमिट्यान्स र टुरिजम को कारणले गर्दा अर्थतन्त्र मा आउन सक्ने ठूलो बिषमता लाई केही हद सम भने नि राहत हासिल गर्दै दिगो समृदी कायम गर्न सकिने देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
प्रतिक्रिया दिनुहोस