Techie IT
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलआर्थिक वर्ष २०७७÷७८ को ६ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

आर्थिक वर्ष २०७७÷७८ को ६ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति


आर्थिक वर्ष २०७७÷७८ को ६ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
शारासंमा हामी यो अबस्थामा छौ ।
पृष्ठभुमि

कोभिडको कारण अर्थतन्त्र जसरी नकारात्मक असर पर्ने देखिएको थियो, छ महिनाको तथ्याङ हेर्दा त्यो देखिएको छैन ।

– आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ ।
– विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.१ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको छ ।
– शोधनान्तर स्थिति रु.१२४ अर्ब ९२ करोडले बचतमा छ ।
– कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ७८ करोड अमेरिकी डलर रहेको छ ।
– संघीय सरकारको खर्च रु.४१५ अर्ब ७५ करोड र राजस्व परिचालन रु.४२२ अर्ब २४ करोड भएको छ ।
– विस्तृत मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३.० प्रतिशतले बढेको छ ।
– बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.२ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ११.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.० प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १५.० प्रतिशत छ ।
के तपाई ले बैङ सङ बुझनु भयो त, राज्यले दिएको सुबिधा लिग्नुभयो । डाटाले यस्तो भन्छ ।
पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जा ।
– २०७७ पुस मसान्तमा यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा रु.६९ अर्ब ९६ करोड लगानीमा रहेको छ । यस बाहेक “पुनरकर्जा कार्यविधि, २०७७” को व्यवस्था बमोजिम यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ रुपमा प्रदान गरिने पुनरकर्जाका लागि ३७ बैंक तथा वित्तीय संस्थाबाट रु.४५ अर्ब २५ करोड माग भई स्वीकृतिको प्रक्रियामा रहेको छ ।
– २०७७ पुस मसान्तसम्ममा ६० हजार ८ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१०० अर्ब ३७ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३३ हजार ८ सय १७ ऋणीलाई प्रवाह भएको रु.७६ अर्ब ५९ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २७ हजार ६२ ऋणीको रु.२३ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ ।
के तपाइको ब्याजदर घट्यो । छ या छैन । डाटाले यस्तो भन्छ ।
– २०७६ पुसमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ३.१७ प्रतिशत रहेकोमा २०७७ पुसमा ०.८७ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ पुसमा १.७६ प्रतिशत रहेकोमा २०७७ पुसमा ०.१४ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७७ पुसमा ०.१८ प्रतिशत छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ पुसमा ९.४३ प्रतिशत रहेकोमा २०७७ पुसमा ७.१८ प्रतिशत कायम भएको छ । २०७७ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.०९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता दरहरु क्रमशः ६.७९ प्रतिशत र ११.९४ प्रतिशत रहेका थिए ।
के तपाईको गाउपालिकामा बैङको शाखा पुगेर तपाइहरुलाई सहज महसुस पक्कै भको छ । डाटाले यस्तो भन्छ ।
वित्तीय पहुँच
– कुल ७५३ स्थानीय तहमध्ये २०७७ पुससम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन्। २०७६ पुससम्म ७४५ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए (तालिका ३) । छद्द। यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ पुस मसान्तमा १४४ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ पुस मसान्तमा १०,१८७ पुगेको छ ।
पँुजी बजार
– २०७७ पुसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।
– नेप्से सूचकाङ्क २०७७ पुस मसान्तमा २२८६.६ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो ।

बित्तीय र बैङकि चेतना सबैमा अभिबृदि गर्ने उद्देश्यले तयार पारिएको

तयार गर्ने
शिबराम ढकाल
लिखु २ नुवाकोट

 


क्याटेगोरी : ग्लोबल, बिबिध, विचार / ब्लग


प्रतिक्रिया दिनुहोस