Techie IT
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिबिधदेश सम्झेर

देश सम्झेर


विवेक ढकाल
लिखु १ ढिकुरे,नुवाकोट

आफ्नै पखेरामा
पाखुरा बजार्ने रहर नभएको होइन
आफ्नै माटोमा
पसिना रोप्ने रहर नभएको होइन
उबेला,
बा ले बन्दकीमा लिएको ऋण तिर्न
प्रियसीको च्यात्तिएको चौबन्दी फेर्न
र सन्ततीको भबिस्य बोकेर
परदेशिएको( ऊ
आज देश सम्झेर (परदेशमा
भनिरहेछ, सरकार !
मर्नै परेपनि मलाई
मेरै माटोमा लगिदेउ ।

यतिखेर
संसार आतंकित छ कोरोनाले
रोजगारी गुमेको छ
अधुरै छ परिवारको चहानाहरू
आखिर ऋणको भारि त छँदै छ
यहि दुखमा
यहि पीडामा
यहि संकटमा
छिमेकी नाङ्गो हस्तक्षेप गर्छ
यो बेला
बेस्सरी दुखेको सिमानाको घाउ लिएर
बस्नै सक्दैन (ऊ
देश सम्झेर( परदेशमा
र त भनिरहेछ सरकार
मर्नै परेपनि मलाई
मेरै माटोमा सहिद हुनदेउ ।

सरकार !
यो उस्को मात्र बाध्यता होइन
यो उस्को मात्रै समस्या होइन
रेमिटान्सको झोलामा घुटुक्क थुक निलेर
तिमीले(
कहिल्यै सिकाएनौ
विकास र निर्माणका मुलहरू फुटाउन
स्वरोजगार र आत्मा निर्भर बन्न
र सिकाएनौ आफ्नै खुट्टाले हिंड्न
हो त्यसकै परिणाम भोग्दै छ आज(देश ।

थाहा छ
यो बेला बेस्सरी देश दुखेको छ
चारैतिर छ सन्त्राश र त्रशित छ मानव सभ्यता
र पनि
कत्ति डराएको छैन ऊ( रोगसँग
कत्ति डराएको छैन ऊ( भोकसँग
त्यसैले फेरि पनि ऊ
भनिरहेछ सरकार !
यो बेला
म र लाखौं परदेशिएका म हरूलाई
लैजाउ आफ्नै देश र राख सिमानाको क्वारेन्टाइनमा
आखिर
देश दुखेर परदेशमा
बाँचिरहँनु भन्दा मलाई
मेरै माटोमा मर्न देउ ।।


क्याटेगोरी : बिबिध, विचार / ब्लग


प्रतिक्रिया दिनुहोस