Techie IT
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचार / ब्लगमेरो घर जाने बाटोको कथा !!

मेरो घर जाने बाटोको कथा !!


शिवराम ढकाल
लिख १ नुवाकोट,ढिकुरे,

सत्य घटनामा आधारित
मेरो घर लिखु(१ नुवाकोट,ढिकुरे, जुन राजधानी बाट न टाडा न नजिक टोखा छहरे हुँदै जादा जम्मा जम्मी राजधानी को मुख्य चोक सामाखुसी बाट ३९ कि मि पर्छ । यदि पासाङ लाम्हु राजमार्ग ककनि हुँदै जाने हो भने ६० किमि जति पर्छ । आज म तपाईं हरु माझ मेरो बाटो को कथा जुन (टोखा( छहरे) मैले एक दसक देखि भोग्दै आएको तर यो सत्य घटना मा आधारित एउटा यात्राको भोगाइ सुनाउन गैरहेको छु।
हुनत मलाइ थाहा छैन राजधानी र मेरो घर नजिक हुदा हुँदै पनि म महिनौ सम घर जाने साहास गर्न सक्दैनथ्ये, पहिले(पहिले त मेरो आफ्नो पर्सनल भेहिकल थियन, अनि त्यो बाटो , अनि गाडी अनि ठेलमठेल मान्छे हरु, भोमिट गर्दै छत भरी को यात्रा सम्झिन्थ्ये अनि जान डराउथे तर आज बर्सौ, बर्ष पछि म सङ आफ्नो भेहिकल छ तैपनी म आज हमेसा आफ्नो घर जाने आट गर्न सक्दिन, सक्छु त केबल मन भरी घर का माया अनि सम्झना पाल्दै फेरि तेहि राजधानी को एक्लो जिबन जिईरहन ।
म नुवाकोटे, पहिलेको त भनुम राजधानी बासी, सारै अभागी भनुम कि भाग्यमानी! मेरा घर बाट २र३ किमि को फरक मा मेरा संसदीय दल का माननिय हरु छन,नामहरु लिग्न उचित ठानिन, मेरा छिमेकी हरु राज्यका बिभिन अङ हरु राम्रै पद मा कर्यरत छन, अजै भनुम भन्र लाज लाग्छ देसले धेरै चोटि अर्थमन्त्री पाइसकेको छ मेरो छिमेकले तर आज म र म जस्ता नुवाकोटे फेरि मन भरी सम्झना अङाल्दै बाटो को कथा सम्झ्mदै राजधानी रुङ्नु परेको छ। मेरो कथा सुरु हुन्छ !
गत साता को कुरा हो ! म र मेरि उनी यानेकी मेरि माया ! बा आमा लाई भेट्ने तीब्र आकान्छ्य लिएर टोखा को बाटो हुदै घर जाने निर्णय गरियो ! त्यो निणय नकि कुनै ठूलो नै त थिएन, तर पनि सकुसल घर पुगिन्छ कि पुगिन्न भने कुरा त्यो हाम्रो मात्रै हातमा थिएन, त्यो बाटो को हात थ्यो अरु कुरा त भगवान जानुन।
न भन्दै हामी ३९ किलोमिटर को बाटो लाई पार लगाउन ड्यामबुट सहित तयार भयेउ र बाटो को येक हिस्सा (सामाखुसि बाट झोर बजार को उपल्लो भाग सम) , बाकी हिस्सा कसरी जाने , के गर्ने भने छलफल सहित अगि बड्दै गयेउ र हामी अब येउटा साहसिक खेल मा खेलाडी ले मैदान उत्रे झै गरि दुबै जाना त्यो बाटो को सामाना गर्न लागि पर्येउ, हामी भन्दा पछडी २र३ वटा बाइक र गाडी पनि थिय । सबै हाम्रो जस्तै मैदान उतृसकेका थिए। दुर्भाग्यवश, मेरो बाइक ले सिलिप खायेर म लडुला झै गर्दा (गर्दै ५० मीटर पर गयर म सम्हालिये तर मेरि उनी त्यो हिलो अनि चिप्लो मा लर्बराउने बित्तिकै भुइ मा बाजारी सकेकी रहिछे ! म अलिक अगाडि पुग्दा त उनी अचेत भयर हिलो मा पछारीरहेकी त्यि,म आतिसकेको थिए, पुलिस लाई फोन डायल गर्दै, भाग्यबस, उनी को चेत १० मीनेट जति मा खुल्यो । अनि त्यहा उपस्तिथि चालक र पेसेन्जर को सुझाब मा बिस्तारै यात्रा तय गर्ने निणय गरियो ।हामी बिस्तारै बिस्तारै ५ किमि जति अगि बडियो लर्बराउदै, खुटा लछार्दै , घर मा गयर आमाले पकायेको मीठो खाना खाने र परिवार सङ साँझ को मीठो भलाकुसारी गर्ने सपना सहित, अगि बडिदै थियौ । येकासी मैले मेरो बाइक लाई कन्ट्रोल मा लेराउन थोरै अगाडिको ब्रेक के मात्र लगायेको थिये हामी दुबै जाना बाटो को छेउको कुलो मा बजृयेउ ! तैपनी म केही नभको झै गरि जुरुक उठे र बाइक को चाबी बन्द गरे, फेरि यात्रा त नय गर्नु नै थ्यो तेति बेला सम हामी बाटो को ५०५ पार गर्न आट्दै थियेउ। केही अलि अलि सजिला र केही अतेन्त कठिन बाटो हुँदै हामी केही तल पुगेको के मात्र थियेउ झनडै त्यो गुरुङ गाउँ माथी को भिर बाट येउटा ठूलो आवाज सङै चुचे ढुङ्गा खस्यो, थ्याकै हाम्रो अगाडि पर्यो हामी त भगवान सम्जिदै न अगि बड्नु न पछि जस्तो भैयो र हामी फेरि तुरुन्त ढुङा खस्न सक्ने भन्दै भिरको बाटो बाट साइड लागेर येकै छिन बस्यौ ! भगावान को खेल अलिकती अगाडि भको भये हामी ठूलो दुर्घटना मा पर्ने निश्चिति नै थ्यो।
लगभग सान्झ पारिसकेको थियो, थान्सिङ देखि ढिकुरे सम को समथर र ठूलो बाटो सम्झदै हामी ओरालो लागीरहेको थियेउ फेरि कस्तो दुर्भाग्य हाम्रो बाइक को कल्ज को तार चुडियो ! उता घर बाट बरम्बार फोन आइरहेको थ्यो , “हामी घुम्दै फोटो खिच्दै खाज खादै आइरहेको छौ ! तपाई हरु खाना खयर बस्नु भनिरहेका थियेउ“ ! के हुनु र त्यो त सम्जिने मात्र न हो हामी नुवाकोटेले !! येता को बिजोग आज कथा मार्फत सुनाउदै छौ। कल्ज तार चुडियपछि हामी रनभुल्ल परेयु त्या कुनै ओर्कसप हरु नजिक थियन तल छहरे नै पुग्नु पर्थ्यो, मैले कल्ज को तार कता चुडियेको रहेछ भनेर आफू जानी झै गरि हेर्दा माथी तिर नै चुडियेको पाय र तेस्लाइ केही बलियो डोरि को साथ येउटै गियेर मा तल छहरे सम आयौ। र बाइक बनाइ अब समथर बाटो छ आइहाल्यौ भन्दै घर मा कुरा गर्दै थिय! तर हाम्रो बाटो निमाण गर्ने ठेकदारी प्रणाली नै कस्तो(कस्तो !! त्यो दिन त्यो बाटो मा मसिनो ग्राभेल गरिएको रहेछ हामिलाई त्यो जानकारी थियेन कतै बाटो बन्दै गरेको कुरा लेखिएको थियेन !! सान्झ ढल्किसकेको थियो, मेरो बाइक को लाइट ले बाटो त देखि रहेको थियो थोरै मात्र मेरो खुसि के मिलेको थ्यो, मैले पिच झै सम्जेर बाइक लाई रफ्तार मा के मात्र हिडायेको थिय मेरो बाइक त्यो मसिनो गेगर मा उतानो टाङ लाग्यो हामी दुबै जान हात र नलिखुटा भर घाउ लिगेर बाइक उठाइ फेरि बिस्तारै उनिको सल ले मेरो रगत पुच्दै आफू सङ भएको ह्यान्ड प्लास्ट लगायर फेरि घर तिर लाग्यौ ! लगभग रात को ८ बजिसकेको थियो हामी ३९ किमि लगभग ६ घन्टा को दौरान मा, घर घाइते अनि थकित हुँदै पुग्यौ । घर मा सबै कुरा लुकायौ र उहीँ हासो अनि खुसी छरेउ।
मलाइ अत्ति भयर खान खाएपछि मैले मेरो जितेर गयको साम्सद सङ आज को हाम्रो बाटो को कहानी सुनाय उहाको शब्द जस्ता को तस्तै येस प्रकारको छ !
हित बहादुर तमाङ को रिप्लाइ स्हेर भाइ मेरो यो पहिलो नोर्बाचित छेत्र हो । मैले जुन नेपाल सरकारको निर्णय अनुरुप १६५ वटै सङिय छेत्रबाट निर्बाचित सङिय सांसद को सिफारिसमा १० करोड लगानी गर्ने पाउने भने निर्णय बमोजिम मैले येहि बाटो लाई मध्यनजर गर्दै १० सै करोड येहि बाटो मा ५ वटा ओसिलो र बढी समस्या भएको छेत्र इन्जिनियर को साहयता ले मापन गरि २र२ करोड का दर ले बजेट बिनियोजन गरि काम सुरु गरेको छु ।
अरु ले जस्तो १० करोड लाई १५र२० ओटा छुट्टाछुट्टै प्रोजेक्ट मा चुनाबलाई सजिलो हुने गरि बजेट देको छैन ! तर दुर्भाग्यवश काम सुरु भको १५ दिन पछि कोरोना ले बिसो नै आक्रान्त बनायो तेसै अनुरुप नेपाल मा पनि लक डाउन सुरु भयो कामदार हरु लाई त्यहा निरन्तर काम दिन सकियन सामान को अभावले । तेस्को केही समय पछि उनी हरु घर जान बाध्य भय । पछि गाउले हरु ले आउन दियेनन । अहिले बाटो अच्कल्टो भएर बसेको छ, जन्ता ले धेरै दुख पायका छन ।
अनि थप्दै पहिले पहिले अलिकती मन लगायर काम गर्देका भये अहिले केही थोरै बजेटहरु ले काम गर्थ्यो अब त सबै कुरा महङी भै सक्यो मैले सकेको गर्दै छु । , अनि थप्दै मैले अब अर्को बर्ष बाट यो समस्या नआवस भन्नलाइ देसकै गौरबको बाटो को शुचि मा नामाकरण गर्न प्रयासरत छु,
अहिले देखि यो सडक राजमार्ग को शीर्षक मा परेको छ, जस्ले गर्दा बहुबर्सिय योजना को ढोका खुलेको छ। ! तेहि यतिको पहल पट्कौ पटक अर्थ मन्त्री हुनु भको माननिय ले गर्नु भको भए आज यो दुर्दशा खेप्नु पर्दैन थ्यो भाइ भनु भयो उहाले केही सहानुभूति राख्य झौ गरि फोन राख्नु भयो ! म पनि केही हद भयपनि दङ पर्दै थकित शरीर हुदा हुदै पनि रात को १ बजे यो अछ्यर मा उतारी मनमा थोरै यैठन हुँदै आखा बन्द भयछ “त्यो अइठन मलाई सुरु भैसकेको रहेछ म अब कसरी फर्कनु राजधानी“ बाटो सम्झेर आतिदै सपनामा बर्बराहि रहेछु ! !!!
अब म र म जस्ता पिडित हरु कसलाई गुनासो गर्ने, दसकौ देखि पीडा कति खेप्ने आज बाट हामीले ससक्त रुपमा नुवाकोटका युबा पुस्तले म र मेरो कथा नदोहो¥याउन आफ्नो कुन्ठित आवाज अगाडी लेराउनु जरुर छ ।
धन्यवाद !!


क्याटेगोरी : विचार / ब्लग


प्रतिक्रिया दिनुहोस