Techie IT
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचार / ब्लगलिखुले कोरियालि विकास मोडल ‘नया गाउ अभियान्’ बाट केहि सिक्ने कि ?

लिखुले कोरियालि विकास मोडल ‘नया गाउ अभियान्’ बाट केहि सिक्ने कि ?


शिबराम ढकाल

कोरियाली विकासको यो मोडल हाम्रो देशमा अझै हाम्रो गाउपालिका लिखु मा  हुबहु नमिले पनि भित्रि चुरो कुरा चाइ अबस्य मिल्छ । हाम्रो देश र कोरिया भौगोलिक, सामाजिक, सांस्कृतिक तथा अन्य हिसाबले फरक छन् तर हाम्रो गाउपालिका को समथर् भौगोलिक् अबस्था भने धेरै हद् सम मिल्छ। यस अभियानका धेरै कुरा हाम्रोजस्तो गाउँ नै गाउँले भरिएको देशमा काम लाग्छ नै । ‘सेमुअल उन्डोङ’ अर्थात् ‘नया गाउ अभियान्’ भनेको कोरियाली विकास मोडल हो, जसमा सबै क्रियाकलाप समुदायको जीवनस्तर उकास्ने खालका हुन्छन् । नयाँ गाउँ अभियानको मूलमन्त्र भनेकै ‘हामी गर्न सक्छौं’ हो। संयुक्त राष्ट्र संघले पनि ‘नयाँ गाउँ अभियान’ लाई गरिबी निवारण तथा मानिसको जीवनस्तर उकास्ने सफल विकास मोडलका रूपमा लिएको छ।

अहिलेको हामि कोरियालि ६० को दशकसम्म को समानन्ता

१ आर्थिक रूपले दयनीय अवस्थामा थियो।

२ जनतालाई अशिक्षा र गरिबीले थिचेको थियो।

३ मानिस अल्छी थिए।

४ जुवातासमा समय बिताउँथे।

५ वनविनाशले बाढीपहिरोको समस्या थियो।

६ बिजुली, बाटोघाटो, विद्यालय र सञ्चार विकासका पूर्वाधार थिएनन्।

७ जस्तै ६० लाख् मा तिन् कोठो भवन् बनाउने अनि कम् मुल्यमै सकिने काम् मा धेर् मुल्य बनाइ कागजि डकुमेन्ट मिलाइ नितिगत्, सामुहिक् भस्टचार् गर्न् तलीन् हुने ।

८ प्रसासनिक् खर्च मा ओभर् मुल्य गर्दै  बिल् मिलाउदै हसुर्ने ।

 सन् १९६३ मा राष्ट्रपति भएका पार्क चुङ हीले निर्यत प्रवर्द्धनको नीति लिनुका साथै ‘नयाँ गाउँ अभियान’ लागू गरे।

अभियानले सिकायको र गरेको कुराहरु

१ ग्रामीण जनताको जीवनस्तर सुधार्न सबै मिलेर काम गर्न सिकायो।

२ यो अभियान सुरू भएपछि सरकारी अधिकारीहरू गाउँलेसँग प्रत्यक्ष सम्बन्धमा बसे।

३ प्रत्येक गाउँको दिगो विकासमा  नेताहरू समर्पित भए।

४ उनीहरूले महिलालाई सामुदायिक विकासमा सक्रिय गराए।

५ गाउँमा कृषि, बाटो, विद्यालय लगायत प्रत्यक्ष उत्पादनसँग जोडिएका योजनाहरू चलाइए।

 ६ कृषिमा वैज्ञानिक प्रविधि भित्र्याइयो।

७ प्रत्येक गाउँलाई नगद अनुदानको साटो सिमेन्ट र रड वितरण गरियो।

 ८ सन् १९७० देखि १९७९ सम्मको ग्रामीण विकासमा ४९ प्रतिशत सरकारी अनुदान र ५१ प्रतिशत जनताले श्रमदान गरेका थिए।

त्यस्तै, सन् १९६३ मा आर्थिक् सहयोग एकद्वार प्रणालीमा भित्र्याइयो। सस्तो ब्याजमा उद्यमी तथा व्यापारीलाई ऋण दिइयो।

९ राम्रा उद्योग, कलकारखाना चलाएर निर्यात गर्न सफल उद्योगीलाई प्रोत्साहन र थप अनुदान दिइयो। नदिनेलाई दण्ड गराइयो।

१० आधारभूत विकासका पूर्वाधारहरू बिजुली, यातायात, विद्यालय र सञ्चार विकासमा सरकारले जोड दियो।

११ उमेर पुगेका र प्रविधिसँग नजिक नभएका राष्ट्रसेवक कर्मचारीलाई खुसीसाथ विदा दिएर प्रविधिमा निपूर्ण प्रतिभालाई नियुक्त गरियो।

१२ जापान, अस्त्रेलिया र अमेरिकाबाट शिक्षित भएर उतै काम गर्ने कोरियाली डाक्टर, इन्जिनियर, प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ताहरूलाई उतैको तलब बराबर सुविधासहित कोरिया निम्त्याइयो। यसबाट सरकार र कर्मचारीबीच राम्रो सम्बन्ध बन्यो।

जस्ले गर्दा के के भयो त ?

१ यसले देशभर तीव्र गतिमा औद्योगिकीकरण भयो।

२ यसले आफ्नो जिम्मेवारीको काम आफैं गर्ने, काम गर्दा सबैसँग मिलेर गर्ने र आफूमा रहेको सीप, ज्ञान र क्षमता अधिकतम उपयोग गर्नमा जोड दिन्छ ।

के के कुरा हामिले पनि कार्यान्वयन गर्ने त ?

  • राजनीतिमा कुशल नेतृत्व- देशलाई असल बाटोमा डोर्याउन दूरदृष्टि र भिजन भएको नेता चाहिन्छ, छान् हिच्नकिचाउने।

  • जनताको व्यवहारमा सुधार- कुनै बेला कोरियाली गाउँमा मानिस अल्छी थिए। अरूको कुरा काटेर र तास तथा मद्यपानमा समय बिताउँथे। नयाँ गाउँ अभियानले तालिम चलाएर मान्छेको व्यवहार परिवर्तन गर्यो। गफ होइन, काम गर्ने बनायो। हाम्रोमा पनि व्यवहार परिवर्तनका धेरै तालिम आवश्यक छ। अशिक्षा, गरिबी र अन्धविश्वासले ग्रसित समाजमा तालिम जरुरी हुन्छ।
  • दिगो विकासमा जनसहभागिता- हाम्रोमा जनसहभागिता विनाका योजना अलपत्र देखिन्छन्। गाउँका योजनामा समुदायको सहभागिता चाहिन्छ। नयाँ गाउँ अभियानका सामुदायिक अगुवा निस्वार्थी स्वयंसेवक हुनुपर्छ। उनीहरूसँग सरकारी अधिकारीको पनि प्रत्यक्ष सहकार्य रहनुपर्छ।
  • आफ्नो काम आफैं गर्ने- नयाँ गाउँ अभियानको मूलमन्त्र भनेकै गाउँका किसानदेखि, उद्योगपति, शिक्षक, कर्मचारी, इन्जिनियर, राजनीतिज्ञ सबैले आ-आफ्नो काम मेहनतसाथ गर्ने हो। हामीले सहकार्य गर्ने र आफ्नो काम आफैंले गर्ने परम्परा बसाल्नुपर्छ।
  • सरकार र गाउँसहरको सम्बन्ध- सरकार, सरकारी अधिकारी र ग्रामीण भेग तथा सहरमा बस्नेहरूबीच दूरी कम हुनुपर्छ। अर्थात्, प्रत्यक्ष भावनात्मक तथा सहयोगात्मक सम्बन्ध हुनुपर्छ।
  • आर्थिक तथा शैक्षिक रूपान्तरण- नयाँ गाउँ अभियानको प्रमुख लक्ष्य भनेकै गरिबी निवारण तथा जनताको जीवनस्तर उकास्नु हो। हामीले पनि ग्रामीण कृषिलाई अत्याधुनिक मेसिन तथा प्रविधिको विकाससहित उत्पादनमूलक बनाउनुपर्छ। जलस्रोतको अधिक उत्पादन गरेर देशलाई औद्योगिकीकरण गर्नुका साथै पर्यटन विकास गर्नु जरुरी छ।

कडा मेहनत र आपसी सहकार्यले कोरिया समृद्ध बन्यो। कोरियालीहरू आफ्नो मेहनतमा गर्व गर्छन्। सन् १९६३ देखि १९६९ सम्ममा राष्ट्रपति पार्कले कोरियालाई वैभवशाली बनाउन सफल भए। सन् १९७० मा सुरू ‘न्यू कम्युनिटी मुभमेन्ट’ कोरियाको स्कुल, कलकारखाना, गाउँ लगायत सबै क्षेत्रमा फैलियो। यो अभियानले कोरियामा जादूले जस्तै काम गर्यो।

कोरियाको यो विकास मोडलबाट हामी पनि केही पाठ सिक्न सक्छौं अझै हाम्रो गाउपालिका लिखुले धेरै सिक्न सक्द्छ ।

         संकलन तथा परिमार्जन शिबराम ढकाल लिखु बासि हाल बाणिज्य बैकं सिंहदरबार प्लाजा मा कार्यरत


क्याटेगोरी : विचार / ब्लग



प्रतिक्रिया दिनुहोस