कोरोना पश्चात कृषि क्षेत्रको भबिस्य
मनिष ढकाल’अधिर’ लिखु २, नुवाकोट
सन् २०१९ को अन्त्य सँगै चिनमा उत्त्पति र संक्रमणको विस्तार हुँदै विश्वभरी फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९)को कारण नेपाल सहित हाल बिश्वका विकशित र विकासउन्मुख राष्ट्रहरु महामारीको चपेटामा परेका छन। बढ्दो संक्रमण सँगसँगै ठुला शक्तिशाली र सप्पन्न राष्ट्र समेत यस महामारीको चपेटामा परेको अबस्थामा नेपाल लगाएत बिश्वका अधिकांश राष्ट्रहरु पुर्ण तथा आंशिक रूपमा लकडाउनको अबस्थामा रहेको छ। लकडाउनका कारण ठुला र व्यवस्थित सहरमा मात्र हैन, दुर्गम बस्तीमा समेत प्रभाव परेको छ ।
बिश्वको आर्थिक, सामाजिक,राजनैतिक तथा धार्मिक क्षेत्र पुर्ण रुपमा अस्थव्यस्थ रहेको छ। यस संकटको क्षणसँग जुध्न बिश्वसँग सामाजिक दुरि र सरसफाइ बाहेक कुनै खोप निर्माण हुन नसकेको अबस्था छ।महामारी पश्चात् उत्पन्न हुने भयावह परिस्थिति कल्पना समेत गर्न नसकिने हुन सक्दछ।
नेपाल करिब ५१ दिन देखि लकडाउनको अबस्थामा गुज्रिरहेको छ । भारतसँगको खुला सिमा नाकाको कारण यहाँ दिन प्रती दिन नोबेल कोरोनाको उच्च जोखिम रहेको छ। एकातिर भाइरस सँग जुध्न नसकेको अबस्थामा बिश्व भर करोडौंको संख्यामा बेरोजगारी बढ्ने निश्चित रहेको छ। नेपालमा समेत लाखौंको संख्यामा बेरोजगारिको संख्या वृद्धि हुने आकलन गर्न थालिएको छ। बिश्व भर छरिएर रहेका नेपालीहरुको रोजगारि गुम्ने खतरा देखिएको छ । नेपालीको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको रेमिट्यान्स घट्ने क्रममा रहेको छ। नेपालको पर्यटन क्षेत्र पुर्ण रुपमा सन्चालन हुन यदि भाइरस न्यूनीकरण भएता पनि लामो समय लाग्ने देखिन्छ। हुने खाने र हुँदा खाने सबै जसोमा यसको प्रभाव बढ्दै गएको छ । दैनिक ज्यालादारी गर्ने मजदुरहरु सबैभन्दा बढी प्रभावित बनेका छन। नेपाल पुर्ण रूपमा बन्दा बन्दिमा परेको अबस्थामा कयौं रोजगारका शिलशिलामा प्रदेशिएका युवा बर्ग स्वदेश फर्किएको छन भने शहर तर्फ कारण बस् गएका समेत गाउँ फर्कदा गाउँमा युवा जनशक्तिको वृद्धि भएको पाइन्छ। हरेक देशबाट सीप सहितका युवा स्वदेश फर्कदै स्वदेशमानै केही गर्न सकिन्छ भन्ने अभिप्रायले बसेका छन । अल्पबिकशित राष्ट्रको कोरिना लहर पछाडीको अर्थतन्त्र मजबुत बनाउने पक्ष भनेको नै कृषि हो । देश बिकास हुन सबप्रथम कृषिमा आधुनिकता र नयाँ नयाँ प्रबिधि भित्र्याउनु पर्छ। हावा पानी माटो सुहाउँदो भएता पनि नेपालमा कृषीमा यान्त्रिकिकरण, जनशक्ती र प्रबिधिको ज्ञानको अभाव थियोे । हाल वैदेशिक क्षेत्रहरूबाट फर्किएका दक्ष जनशक्तिको पहिचान गरि नेपाल सरकारले आधुनिक कृषीमा जोड दिन सक्ने देखिन्छ। प्रभावकारी ढंगबाट बिगतमा देखिएका कमिकमजोरीलाई केलाउदै युवा बर्गमा सहुलियत कर्जा, अनुदान, तथा कृषि औजारहरु कृषक सम्म पुर्याउने हो भने नेपालको समथर फाँट,टारी खेत तथा पाखो पखेरो सबै हराभरा बनाउदै आर्थिक उपार्जन गर्न सकिन्छ।
कोरोनाको महामारी पश्चात् कृषीमा नेपाल सरकार आत्मनिर्भर बन्न सक्ने अबस्था देखिन्छ। प्रबिधिको बिकास सँगसँगै हरेक क्षेत्रमा भइरहेको भ्रष्टाचारको समेत अन्त्य गर्दै अगाडि बढ्नु पर्ने हुन्छ। हरेक युवामा कृषि भनेको खनजोत मात्रै हो भन्ने सोचको परिवर्तन गर्न सक्नु पर्छ ।आर्थिक समृद्धिको लागि अबको भुमिका युवा बर्गमा रहेको देखिन्छ।
अन्त्यमास्कोरोना लहर पश्चात् युवाहरूलाई कृषीमा सामेल गर्न सकेको खण्डमा देशले बिकासमा फड्को मार्न सक्ने देखिन्छ। आर्थिक गतिविधि चलाएमान हुँदै जन्छ र देशमानै रोजगारीको सिर्जना भइ प्रदेशिनु पर्ने बध्यता हट्ने देखिन्छ।
क्याटेगोरी : विचार / ब्लग
प्रतिक्रिया दिनुहोस