दुप्चेश्वर मन्दिरमा दर्शनार्थी लैजाने क्रममा गाडी चालकको मृत्यु
नुवाकोटको दुप्चेश्वरमा गाडी चलाउँदा चलाउँदै एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका वडा नं. ४ इनारपाटीका वासु कुमाल रहेका छन् । दुप्चेश्वर गाउँपालिकास्थित दुप्चेश्वर मन्दिरमा दर्शनार्थी लैजाने क्रममा उनको मृत्यु भएको हो । बा १ ज ९८४३ नम्बरको माइक्रो बसका चालक कुमाल गाडीको साहु समेत हुन् ।
गाडी चलाउने क्रममा समुन्द्रटार बजार देखी पारीपट्टी गौडाको पुल छेउमा पुगेपछि एक्कासी खोक्न थालेका कुमालले दुई पटक रगत नै बान्ता गरेको प्रत्यक्षदर्शीले बताएका छन् । रगत नै बान्ता गरेपछि तुरुन्त समुन्द्रटार स्वास्थ्यचौकी पुर्याइ पनि त्यहाँ पुग्दासम्म कुमालको मृत्यु भइसकेको स्वास्थ्य चौकी इन्चार्ज रामकुमार थापाले जानकारी दिए । उनले भने, ‘हामीले हार्टबिट फर्काउने कोशिस गरेका हौँ तर, फर्काउन सकेनौ ।’ हर्टअट्याकका कारण उनको मृत्यु भएको हुनसक्ने थापाको अनुमान छ ।
श्रोतः akhabarpati
क्याटेगोरी : समाज
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस