गोबिन्द बियोगी पत्रकारिता पुरस्कार रावललाई

सम्पादक समाज नेपालले ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ यो बर्ष पत्रकार ध्रुवकुमार रावललाई प्रदान गर्ने निर्णय गरेको छ।
संस्थाले नुवाकोटबाट प्रकाशन हुने यो समय अनलाईन पत्रिकाका संचालक तथा प्रधानसम्पादक रावललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पत्रकार रावल नेपाल पत्रकार महासङ्घको निवर्तमान केन्द्रीय सदस्य हुन् । रेडियो नेपालबाट २०५७ सालबाट पत्रकारिता सुरू गरेका पत्रकार रावलले राष्ट्रिय सञ्चारमाध्यमहरु राजधानी दैनिक, नयाँ पत्रिका, ईमेज च्यानल र सगरमाथा टेलिभिजनमा जिल्ला सम्वाददाताको रुप कार्य गरेका थिए । यसैगरी, जिल्लाकै पहिलो रङ्गीन पत्रिका त्रिशूली खबर साप्ताहिकको संस्थापक सम्पादक तथा प्रकाशक समेत हुन् ।
संस्थागत र व्यक्तिगतरुपमा प्रदान गरिने पुरस्कार राशी २५ हजार रुपैँया रहेको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका(७ सूर्यचौरस्थित संस्थाले आफ्नै भवनमा यहि माघ ५ गते शनिवारका दिन पुरस्कार र सम्मान हस्तान्तरण गरिने बताईएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस