Techie IT
गृहपृष्ठसमाचारराष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटको अध्यक्षमा कुलबहादुर खड्गी

राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटको अध्यक्षमा कुलबहादुर खड्गी


राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटको जिल्ला कार्य समितिको अध्यक्षमा कुलबहादुर खड्गी चयन हुनुभएको छ ।

अध्यक्ष खड्गी सहित जिल्ला कार्य समितिका पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा विमल थापा, उपाध्यक्षमा कान्छा तामाङ चयन भएका छन् । जिल्ला कार्य समितिमा २६ जनालाई सदस्यको जिम्मेवारी दिइएको छ । जिल्ला कार्य समितिको वैठकले सचिव, कोषाध्यक्ष लगायतको पदमा मनोनित गरिने राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले जनाएको छ ।

शनिवार सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटको निर्वाचन घोषणा सभालाई संवोधन गर्नुृहुदै केन्द्रिय अध्यक्ष डाक्टरर प्रकासचन्द्र लोहनीले जुन सुकै क्षेत्रमा हुने पार्टिगत भागवण्डाको बिरोधमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । काङ्ग्रेस, कम्युनिष्ट लगायतका पार्टीहरु समाजवाद, अग्रगमनको नाममा देशलाई लुटिरहेकोले त्यसको रुपमा विकल्प राष्ट्रिय प्रजातन्त्र पार्टी क्रियाशिल रहेको डाक्टर लोहनीले बताउनुभएको छ ।

यस्तै उहाँले यहि असोज १२ गते भित्रमा जिल्ला कार्य समितिको वैठक मार्फत पार्टीको २ वटा क्षेत्रिय कार्यलय र ४ वटा प्रदेश कार्यलय स्थापना कहिले र कहाँ गर्ने त्यसको वारेमा निर्णय गर्नलाई आग्रह गर्नुभएको छ । दशै, तिहार, छट जस्ता चाडपर्वको बाहना नबनाई पार्टीलाई सुदृढिकरण गर्नुपर्ने भन्दै उहाँले बताउनुभएको छ । साथै उहाँले कार्यकर्ता प्रशिक्षणको तयारी गर्नलाई जिल्ला कार्य समितिलाई आग्रह गर्नुभएको छ ।

जिल्ला अध्यक्षमा चयन हुनुभएका कुलबहादुर खड्गीले अव आउने निर्वाचनमा पार्टीलाई निर्वाचित बनाउन तर्फ लाग्ने बताउनुभएको छ । त्यसको लागि सबै तहका कार्यकर्ताहरुलाई सक्रिय भएर लाग्न आग्रह गर्नुभएको छ ।

निर्वाचन घोषणा सभालाईलाई संवोधन गर्ने केन्द्र तथा जिल्ला तहका नेताहरुले पार्टीलाई जिवन्त राख्न गुट र उपगुटको पक्षमा लाग्न नहुने बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस