प्रकास सिलवालको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, जिल्ला शाखा नुवाकोट गठन
प्रकास सिलवालको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, जिल्ला शाखा नुवाकोट गठन गएिको छ ।
शनिवार आयोजित प्रथम जिल्ला अधिवेसन मार्फत सिलवाललाई अध्यक्षमा चयन गरिएको हो । शाखाको उपाध्यक्षमा हरिराम भेटुवाल, सचिवमा महेन्द्र अधिकारी र कोषाध्यक्षमा केरिना शाक्य चयन भएका छन् । यस्तै सदस्यहरुमा संजय भट्ट, उषा रेग्मी र शनि श्रेष्ठ चयन भएको राष्ट्रिय फोटो पत्रकार समूह वागमती प्रदेशका सदस्य राजेन्द्र गजुरेलले जानकारी दिनुभएको छ ।
अधिवेसनमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र चित्रकारले फोटो पत्रकारिताको महत्व र यसको आवश्यकता बारे उजागर गर्नलाई जिल्ला शाखाहरु गठन गर्दै आइरहेको बताउनुभएको छ । यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य धु्रव रावलले हजार शव्दले समेट्न नसकेको विषयलाई एउटा फोटोले समेट्ने भएकोले फोटो पत्रकारिताको विकासको लागि महासंघ सहकार्य गर्दै आइरहेको बताउनुभएको छ । साथै उहाँले प्रविधिको विकासको कारण खिचिएको फोटोलाई प्रकासित गर्न विगतको तुलनामा सहज हुदै गएको बताउनुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ वागमती प्रदेश अध्यक्ष शिव देवकोटा, राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रिय सचिव नवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ नुवाकोट अध्यक्ष कपिलदेव खनाल, महासंघ वागमती प्रदेश सदस्य रामहरी गजुरेल, राष्ट्रिय फोटो पत्रकार समूह वागमती प्रदेश अध्यक्ष नारायण सिलवाल लगायतले नुवाकोटमा फोटो पत्रकारिताको सम्भावना प्रचुर भएता पनि सुस्त रहेको भन्दै आगामी दिनमा क्रियाशिल रुपमा अघि बढाउन जिल्ला शाखाले भूमिका खेल्नुपर्ने बताएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस