Techie IT
गृहपृष्ठसमाचारराष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो नुवाकोटको स्थानीय  तहमा संगठन विस्तार

राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो नुवाकोटको स्थानीय  तहमा संगठन विस्तार


राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले स्थानीय  तहको संगठन विस्तार गरेको छ। लिखु गाउपालीका वडा नं ५र ६ मा अधिवेशन गर्दै सर्वसम्मत नया कार्यसमिति घोषणा गरेको छ। वडा नं६को संयोजक सन्तुमाया तामाङ को सभापतित्वमा सम्पन्न वडा भेलामा पार्टीका केन्द्रीय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको प्रमुख अथितिको आतिथ्यता रहेको थिियो ।
कार्यक्रममा राप्रपा का केन्द्रीय नेताहरु झनक प्याकुरेल,भरत प्र.पाठक,दिपक राइ,राजु थापा,नरेन्द्र फुयाल,मधु रिसाल,पौषनाथ ढुंगाना,नानिमैया अाचार्य,श्यामसुन्दर वलामि,राजु लोहनी लगायतको उपस्थित रहेको थियो।
राप्रपा नुवाकोटका अध्यक्ष कुल वा.खडगि,उपाध्यक्ष सुरज गुरुङ,पुरेन्द्र ढकाल सचिव दिपेश पान्डे लगायत नेताहरुले अाफ्नो मन्तव्य राखेका थिय।
उत्साहपद रुपमा सहभागी हरुलाइ संवोधन गर्दै अध्यक्ष डा.लोहनीले राप्रपा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र प्रति प्रतिवद्द रहेको वताउदै भ्रष्टाचारको विरुद्धमा अावज उठाउने पनि राप्रपा एक्लै रहेको बताए । उनलेे  २०४६ पछिका सवै राजनीतिक दलका उच्च नेताहरुको सम्पति जााच गराउने उच्चस्तरीय अायोगको गठनको माग गर्दै त्यसतो अायोग वने अाफु पहिला अाफ्नो सम्पत्ति जाच गराउन समेत तयार रहेको बताए । नेपाली कांग्रेस र नेकपाका नेताहरु यसको निमित्त तयार छन कि छैनन भन्ने उनले प्रश्न उठाएका छन । नेकपाको अान्तरिक भागवन्डाको कारण मुलुक अस्तव्यस्त भयको वताउदै वर्तमान अवस्था को ऐतिहासिक निर्णय गर्ने अवसर अदालतमा रहेको वताउदै अदालतको निर्णय लाइ राप्रपा ले स्विकार गर्ने समेत बताए ।
अर्को प्रंसगमा डा.लोहनीले अाफु पटक पटक नुवाकोटका जनताको विश्वासमा संसदमा गयको र जनताको विश्वास लाइ कहिले कुठारघात नगरेको वताउदै पुन अाफु त्यसको लागि तयार रहेको समेतजद बतााए । जिल्ला अध्यक्ष कुल वा.खडगिले अाउदो ३ हप्ता भित्र नुवाकोटका सवै स्थानिय तहको अधिवेशन सम्पन्न भइसक्ने बतााए ।
वडा अधिवेशनले जंगिराम लम्सालको अध्यक्षतामा २५ सदस्य वडा नं६को समिति र गोविन्द न्यौपाने को अध्यक्षतामा २५ सदस्य वडा नं ५को वडा समिति घोषणा गरेको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस