२ शय ४२ कुकुरहरुको बन्ध्याकरण
विदुर । विदुर नगरपलिकाका २ सय ४२ कुकुरहरुको बन्ध्याकरण गरिएको छ ।
विदुर नगरपालिका पशुपंक्षी शाखाको आर्थिक वर्ष २०७७÷७८ कोे स्वीकृत कार्यक्रम अनुसार सामुदायमा रहेका तथा छाडा छाडिएको कुकुरहरुको स्थायी बन्ध्याकरण तथा रेविज विरुद्धको खोप कार्यक्रममा २ सय ४२ वटा छाडा कुकुरहरुको बन्ध्याकरण गरिएको नगरपालिकाकी उपमेयर गिता दाहालले जानकारी दिए ।
नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको विशेष सहयोगमा छाडा छाडिएका कुकुरहरुको स्थायि बन्धाकरण गरिएको हो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस