लिखु गाउँपालिकाले बिनाकुनै सुरक्षा अपनाएर कार्यसंचालन गर्दै
नुवाकोटमा कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गईरहेपनि लिखु गाउँपालिकाले भने बिनाकुनै सुरक्षा अपनाएर कार्यसंचालन गर्दै आईरहेको छ ।
असार मसान्त लागे संगै योजना सम्पन्न लगाएत अन्य कामहरु लिएर सेवाग्राहीको भिड लागिरहेको छ । तर पालिकामा भने नकुनै जनप्रतिनिधिले सुरक्षा अपनाएका छन् नत कुनै कर्मचारिलनै सुरक्षा अपनाएका छन् नत सेवाग्राही लाईनै अपनाउन लगाईएको छ ।
नुवाकोटमा हालसम्म ३२ जनामा कोरोना संक्रमण भएको पुष्टि भईसकेको छ । तर लिखु गाउपालिकामा रहने केही जनप्रतिनिधि र केही कर्मचारी बाहेक बाकी जनप्रतिनिधि तथा कर्मचारीहरुले सुरक्षा अपनाउने नाममा मास्क समेत प्रयोग नगरि सेवा प्रभाह गरिरहेका छन् । पालिकामा आउने सेवाग्राही हरु लाई समेत दुरी कायम गरी बस्ने ब्यवस्था मिलाईएको छईन । कोरोना लाई यसै गरि पालिकाले ठट्टाको रुपमा लिने हो भने कोरोना संक्रमित पालिका ९ वटा हुन कुनै बेर लाग्दैन । लिखु गाउपालिका त एउटा उदाहारण मात्र हो नुवाकोटको अधिकांश सरकारी कार्यालयहरुले सुरक्षा नपनाईनै कार्य संचालन गरेको पाईएको छ । हाल सम्म नुवाकोटको ८ वटा पालिकामा कोरोना संक्रमण भएको पुष्टि भैईसकेको छ । नुवाकोटमा कोराना पुष्टिनहुने पालिकामा लिखु,सुर्यगढी,शिवपुरी र पञ्चकन्या गाउपालिका रहेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस