Techie IT
गृहपृष्ठसमाचारस्वास्थ्य चौकी निर्माणको लागी १ रोपनी जग्गादान

स्वास्थ्य चौकी निर्माणको लागी १ रोपनी जग्गादान


नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर २ मा स्वास्थ्य चौकी निर्माणको लागी समाजसेवी रामप्रसाद तिमिल्सिनाले १ रोपनी जग्गादान गरेका छन् ।
जग्गा उपलब्ध भए संगै वडा नं २ को कार्यालयले स्वस्थ्य चौकी निर्माणको लागि ६७ लाख ६४ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
स्वास्थ्य चौकी निर्माणको लागि कम्तिमा ३ रोपनी जग्गा आवश्यक हुने सरकारी मापदण्ड छ । १ रोपनी जग्गा रामप्रसाद तिमिल्सिनाले दिएसँगै जोडिएको २ रोपनी सरकारी जग्गासमेत प्रयोग गरेर ३ रोपनी क्षेत्रफलमा स्वास्थ्य चौकी  बनाउने वडा नं २ का वडा अध्यक्ष रमेश न्यौपानेले जानकारी दिए ।
स्वास्थ्य चौकी भवन बनाउन १ करोड ६५ लाख रुपैयाँ लागत अनुमान गरिएको अध्यक्ष रमेश न्यौपानेले बताए । स्वास्थ्य चौकी निर्माणको लागि यस वर्ष ६७ लाख ६४ हजार रुपैयाँ निकासा भएको र आगामी वर्ष ९७ लाख ३६ हजार रुपैयाँ थप्ने बताए ।
आगामी कात्तिकसम्म भवन निर्माण पहिलो चरणको काम सकिने गरि टेण्डर आह्वान गर्न लागिएको न्यौपानेको भनाई छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस