कोरोना बिरुद्ध चौघडाका यूवा
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई लिखु गाउपालिका वडा नं ४ चौघडामा फैलन नदिन शुक्रबार विभिन्न स्थानमा बिषादी (किटनाशक औषधि) छर्किएका छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई वडा नं ४ भित्र फैलन नदिन स्थानिय यूवाहरुले आफ्नो घर , सडक वरपर आफैले बिषादी किनी बिषादी (किटनाशक औषधि) छर्किएका हुन् । स्थानिय यूवाहरुले वडा नं ४ चौघडाको तल्लो बगैचा, माथिल्लो बगैचा, वडा कार्यालय, क्षेत्रपाल मा.बि वरपर लगाएतका स्थानमा बिषादी (किटनाशक औषधि) छर्किएको स्थानिय रामचन्द्र अगस्तिले जानकारी दिए ।
बढी भिडभाड हुने बजारलगायतका स्थानमा किटनाशक औषधि छर्कने कार्यको सुरुवात गरेको हो । ‘सार्वजनिक स्थानहरुमा किटनाशक औषधि छर्किने,सरसफाई गर्ने जस्ता कामलाई निरन्तरता दिने बताईएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस