Techie IT
गृहपृष्ठसमाचारबरिष्ठ नेताहरु पनि बोगटीको अगाडी सतर्क हुन प्रथ्यो , प्रचण्ड

बरिष्ठ नेताहरु पनि बोगटीको अगाडी सतर्क हुन प्रथ्यो , प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय पोष्टबहादुर वोगटीको अभाव सिङ्गो पार्टीलाई भन्दा वढी आफ्नो व्यक्तिगत जीवनमा खड्किएको बताए । नुवाकोटको विदुर नगरपालिका–७ तुप्चेमा अवस्थित चण्डेश्वरी माध्यामिक विद्यालयको ६१औँ अभिभावक भेला तथा स्वर्गीय पोष्टबहादुर बोगटीको शालिक अनावरण कार्यक्रममा सहभागि भएर उनले बोगटीसँग गरिएका यात्राहरु सम्झीएका थिए ।
बरिष्ठ नेताहरु पनि बोगटीको अगाडी सतर्क हुनुपर्ने र उनले बोले पछि त्यसलाई गम्भिरता पूर्वक लिनुपर्ने बाध्यता हुन्थ्यो भन्दै ले उहाँसँग चारित्रिक र नैतिक बल रहेको बताए ।
धादिङको गल्छिदेखि रसुवागढी सम्मको सडक खण्डलाई पोष्टबहादुर बोगटी राजमार्ग नामाकरण गर्नको लागि पहल भइरहेको भन्दै अध्यक्ष प्रचण्डले रसुवागढीदेखि ठोरीसम्मको त्रिदेशीय राजमार्गमा कहिन कतै बोगटीले देशप्रति पुराएको योगदान र स्मृति झल्काउन तर्फ प्रयासरत रहेको बताएका छन् । उनले शिक्षाले नै मानिसको दिमागलाई ठिक ठाउँमा ल्याउने भन्दै प्रचण्डले निजि विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा अहिले आकर्षण बढिरहेको बताए ।
यस्तै उक्त कार्यक्रममा उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा ४० जिल्लालाई पूर्ण विद्युतिकरण जिल्लाको रुपमा घोषणा गर्ने अभियानमा लागेको बताए । उनले सुखि नेपाली, समृद्ध नेपाल भन्ने नारालाई मध्यनजर गर्दै सरकार अघि बढिरहेको बताए ।
कार्यक्रममा संघिय सांसद हितबहादुर तामाङ, बहादुरसिंह लामा तामाङ, नारायणप्रसाद खतिवडा, बागमती प्रदेशका उपसभामूख राधिका तामाङ, सांसदहरु बद्रि मैनाली, केशव पाण्डे लगायतले स्वर्गीय बोगटीको राजनैतिक यात्राको बारेमा चर्चा गरेका थिए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस