Techie IT
गृहपृष्ठदेशबालुवाटार जग्गा प्रकरणमा कांग्रेसका नेता दोषी देखिए कारबाही हुनुपर्छ: प्रकाशमान सिंह

बालुवाटार जग्गा प्रकरणमा कांग्रेसका नेता दोषी देखिए कारबाही हुनुपर्छ: प्रकाशमान सिंह


नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन कांग्रेसका नेता दोषी देखिए कारबाही गर्नुपर्ने बताएका छन्।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने प्रकरणमा सभापति शेरबहादुर देउवा पनि मुछिएको समाचार आएपछि नेता सिंहले दोषी भए कारबाही हुनुपर्ने बताए।

नेपाल प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले भने, ‘कांग्रेसका नेता हुन् कि अरु पार्टीका नेता हुन्। निष्पक्ष छानबिन गरेर दोषी ठहरिए कारबाही गर्नुपर्छ।’

पत्रकारहरूले बालुवाटार जग्गामा देउवा पनि मुछिए नि१ भन्ने प्रश्न गरेपछि नेता सिंहले जो मुछिए पनि छानबिन गरेर दोषी देखिए कारबाही हुनुपर्ने बताएका हुन्।


क्याटेगोरी : देश, राजनीति, समाचार


प्रतिक्रिया दिनुहोस