Techie IT
गृहपृष्ठभिडियोत्रिशुली सहकारीले सदस्यहरुलाई रोजगार बनाउन २० लाख बजेट छुट्टायो

त्रिशुली सहकारीले सदस्यहरुलाई रोजगार बनाउन २० लाख बजेट छुट्टायो


सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर त्रिशुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

सहकारीको २३औँ साधारण सभाको अवसरमा त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसमा अध्ययनरत अमित लामा तामाङ, सबिना चालिसे, वेलकोटगढी नगरपालिका–७ रातमाटे स्थित महादेव माध्यमिक विद्यालयमा अध्ययनरत नमृका रिमाल र शिलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत रोहन लघुन सुनारलाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति प्राप्त विद्यार्थीहरुलाई जनही ७ हजार रुपैयाँ प्रदान गरिएको हो ।

यस्तै सहकारीको शेयर सदस्यको सन्तानहरु मध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्कृष्ट अंक सहित उतीर्ण ४ जनालाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

सम्मान प्राप्त गर्नेहरुमा आयुसा श्रेष्ठ, ग्रिस श्रेष्ठ, सुकृति श्रेष्ठ र प्रेरणा श्रेष्ठ रहेको सहकारीका सचिव राजेश श्रेष्ठले बताउनुभएको छ । सहकारीको दिगोपन, स्वनियमन र शुसासन भन्ने नारा सहित विसं २०५६ सालमा स्थापना भएको सहकारीले २३औँ वार्षिक साधारण सभाको अवसरमा ४ जनालाई उच्च शिक्षा सम्मान समेत गरेको छ ।

डाक्टर राजिव श्रेष्ठ, बासुदेव जोसी, डाक्टर उन्नती अमात्य र श्यामलाल श्रेष्ठलाई उच्च शिक्षा सम्मान गरिएको सहकारीका सचिव श्रेष्ठले बताउनुभएको छ । यस्तै ७० वर्ष पूरा हुनुभएका ६ जना शेयर सदस्यलाई अभिनन्दन गरिएको छ । ध्रवलाल श्रेष्ठ, अमृतमान मल्ल, रामकृष्ण राजभण्डारी, भद्रजंग पाण्डे, दिलमायाँ डंगोल र रत्नमायाँ अमात्यलाई जेष्ठ नागरिक अभिनन्दन कार्यक्रममा सहभागी गराइएको थियो । सम्मानित जेष्ठ नागरिक सदस्य कुलबहादुर बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा जिल्ला सहकारी संघका लेखा संयोजक नारायण श्रेष्ठले सहकारीहरुलाई मितव्ययी बनाउँन अनुगमनको कार्यक्रमलाई तिब्रता दिइरहेको बताउनुभएको छ । नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव नविन्द्रमान प्रधानले ऋणीहरु कालो सूचीमा पर्ने दर बृद्धि भइरहेकोले सहकारी संचालकसँगै ऋणी पनि सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । यस्तै राष्ट्रिय सहकारी वैक नुवाकोट शाखा प्रवन्धक प्रदिप अर्यालले सहकारीलाई दिगोपना दिनको लागि सहकारी संचालक चनाखो हुनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डित, वेलकोटगढी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य गमला लामा, पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयका प्रशासनिक प्रमुख महेन्द्र श्रेष्ठ, उच्च शिक्षाबाट सम्मानित बासुदेव जोसी र श्यामलाल श्रेष्ठ लगायतले सहकारीले समाजिक उत्तरदायित्व अन्तर्गत रहर संचालन गर्ने कार्यहरु लोभलाग्दो रहेको बताउनुभएको छ । सहकारीको २३औँ साधारण सभामा अध्यक्ष हरिराल श्रेष्ठले वार्षिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक उपेन्द्र अमात्यले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष नाथलाल डंगोलले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले शेयर सदस्यहरुको आवस्यकता परिपूर्ति गर्नका लागि आवस्यकताको आधारमा व्यवसायिक पुनस्थापनामा सहकार्य गर्न सहकारी प्रतिबद्ध रहेको बताउनुभएको छ । कोषाध्यक्ष डंगोलले सहकारीको शेयर सदस्य १६ सय ७२ जना रहेको र ४ करोड ११ लाख ४४ हजार ५ सय रुपैयाँ शेयर पूँजी रहेको बताउनुभएको छ । सहकारीले ४० करोड रुपैयाँको हारहारीमा कारोबार गरिरहेको उहाँको भनाई छ । नुवाकोट जिल्लाभर कार्य क्षेत्र बनाएर काम गरिरहेको त्रिशूली बचत तथा ऋण सहकारी संस्थाले त्रिशूली बजारमा अबस्थित आफ्नै भवनबाट सेवा संचालन गर्दै आइरहेको छ । वेलकोटगढी नगरपालिका वढा नम्बर ७ मा सेवा केन्द्र संचालनमा ल्याइसकेको सहकारीले १० गाउँपालिकामा क्रमिक रुपमा सेवा केन्द्र संचालनमा ल्याई आफ्नो कारोवार बिस्तार गर्ने लक्ष्य लिएको छ ।




क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस