Techie IT
गृहपृष्ठभिडियोगरिव तथा जेहेन्दार बिद्यार्थीहरु लाई सम्भव नेपालको सहयोग

गरिव तथा जेहेन्दार बिद्यार्थीहरु लाई सम्भव नेपालको सहयोग


लिखु गाउपालिका भित्रका सामुदायिक बिद्यालयमा अध्यनरत ६५ जना बिद्यार्थीहरु लाई सम्भव नेपाल नामक संस्थाले छात्रबृत्ति बितरण गरेको छ ।
मंगलवार पालिका भित्रका १४ वटा बिद्यालयका गरिव जेहेन्दार तथा फरक क्षमता भएका बिधर्थीहरु लाई बिद्यालय पोसाक र जुक्ता बितरण गरिएको हो ।


छात्रबृत्ति बितरण गर्दै लिखु गाउपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले यस्ता छात्रबृक्तिले गर्दा बिद्यार्थीहरुमा हौसला मिल्ने र उनीहरुको पठन पाठनमा समेत सुधार हुने बताउनु भयो । अध्यक्ष श्रेष्ठले पालिकाले यस्ता कार्यक्रमहरु लाई सधै प्राथामिकतामा राख्ेने गरेको बताउनु भयो ।


कार्यक्रममा लिक्रममा लिखु गाउपालिकाका उपाध्यक्ष शुभद्रा अधिकारीले कतिपय सामुदायिक बिद्यालयमा पढ्ने बिद्यार्थीहरु बिद्यालय पोसाक अभावकै कारण बिद्यालय जान नपाउने समस्या यतावतनै रहेको अवस्थामा यस्ता कार्यक्रमले बिद्यार्थीहरुकोगतिसिलतामा उर्जा थपिने बताउनु भयो ।
कार्यक्रममा सम्भव नेपालका अध्यक्ष कपिलदेव देवकोटाले गरिविको समस्याले गर्दा बिद्यालय जान नसक्ने बालबालिकाहरु लाई पालिकाहरुको साझेदारीमा आवश्यक आधाभुत सामाग्री सम्भव नेपाल संस्थाले उपलब्ध गराउने बताउनु भयो ।
संस्था पहिलो चरण अन्र्तगत बिद्यालय पोसाक र जुक्ता बितरण गरेको आगामी दिनहरुमा आवश्यक पर्ने अन्य सामाग्रीहरु बितरण गर्ने संस्थाका उपाध्यक्ष बिष्णु प्रसाद धमलाले जानकारी दिनु भएको छ ।

 




क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #Hot100

प्रतिक्रिया दिनुहोस