Techie IT
गृहपृष्ठभिडियोनेपालमा भैरहेको गैरकानुनी कामको बिरुद्दमा आवाज उठाउने पार्टी राप्रपा मात्र हो / डा. प्रकाशचन्द्र लोहनी

नेपालमा भैरहेको गैरकानुनी कामको बिरुद्दमा आवाज उठाउने पार्टी राप्रपा मात्र हो / डा. प्रकाशचन्द्र लोहनी


नेपालमा भैरहेको गैरकानुनी कामको बिरुद्दमा आवाज उठाउने (पार्टी राप्रपा मात्र रहेको राप्रपाका पूर्व केन्द्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले बताउनु भयो ।
लिखु गाउपालिका वडा नं ४ राप्रपा वडा कार्यालय उद्घाटन कार्यक्रममा उहाले ३ ठुला पार्टीहरु लाई इकिंत गर्दै यि पार्टीहरुले नेपाल लाई भष्ट्रचारमय बनाएको बताउनु भयो । राप्रपाका नेता बाहेक अरु कुनै पर्नी पार्टीका नेताहरुले सरकार लाई आफ्नो सम्पत्तीको बिबरण बुझाउन तयार नरहेको उहाको भनाई छ ।
यस्तै कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य झनक प्याकुरेलले राजनैतिक परिवर्तन हुदा नेताहरुको मात्र बिकाश भएको तर देश र जनता जस्ताको तस्तै रहेको बताउनु भयो । उहाले धर्म सस्कृती संग संगै देशनै ठुलादलहरुले बेच्न लागिसकेकोले यसको संरक्षणको् जिम्मा राप्रपाको काधमा आएको बताउनु भयो ।
कार्यक्रममा राप्रपा बाग्मती प्रदेश समितीका प्रबक्ता बिष्णुप्रसाद सापकोटाले कम्यूनिष्ट र कांग्रेसले देशलाई समस्या पार्दछन् भनेरनै स्थापना भएको राप्रपाले अब देश सम्हाल्ने बेला आएको बताउनु भयो । उहाले राप्रपामा आबद्द रहेर अन्त गयकाहरु लाई फेरी एकपटक राप्रपा लाई बिश्वास गर्न आग्रह समेत गरेका छन् ।
बुधबार डा प्रकाशचन्द्र लोहनीले लिखु गाउपालिकाको वडा नं ३ , ४ र ५ को उद्घाटन गर्नु भएको थियो । वडा कार्यालय उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्यहरु भरत पाठक दिपक राई जनक पाठक नुवाकोट अध्यक्ष कुलबहादुर खड्गी लगायतको उपस्थिती रहेको थियो ।
नुवाकोटमा अहिले सम्म १९ ओटा वडा कार्यलयहरुको उद्घाटन भैसकेको राप्रपा नुवाकोटका सचिव दिपेश पाण्डेले जानकारी दिनु भयो । बाकी वडाहरु मघ १० गते सम्ममा उद्घाटन हुने सचिव पाण्डेको भनाई छ ।




क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस


WORLDLINK