नया परिवेस बुझेका ब्यक्तिहरु मात्र एकिकृत समाजवादीमा छन् / नुवाकोट ईन्चार्ज लोहनी
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले लिखु गाउँपालिका वडा नं. २ मा वडा भेला सम्पन्न गरेको छ ।
बुधवार भएको वडा कमिटीको भेलाले शंकर लामिछानेको अध्यक्षतामा २५ सदस्यको कमिटी गठन गरेको हो । वडा कमिटिको उपाध्यक्षमा राजकुमार घले र इश्वर घले रहेका छन् । यस्तै सचीवमा झंक प्रसाद नेपाल, उपसचिवमा राजकुमार थापा र संचिता थापा मगर चयन गरिएको छ ।
कार्यक्रममा नेपाल कम्यस्निष्ट पार्टी एकिकृत समाजवादी नुवाकोटका ईन्चार्ज राजेन्द्र प्रकाश लोहनीले नया चेतना र नया परिवेस बुझेका ब्यक्तिहरु मात्र एकिकृत समाजवादीमा रहेकाले पार्टी स्वस्थ र स्वच्छ रहेको बताउनु भयो ।
लोहनीले पुस महिना भरिमा नुवाकोटको ८८ वटै वडामा कमिटी गठन गरि सक्ने योजना रहेको बताउदै सहिदहरुले बोकाएको जिम्मेवारी बहन गर्नको लागी एकिकृत समाजबादी पार्टी बनेकोले सोचे भन्दा बढि नागरिकहरुले समर्थन गरेको बताउनु भयो ।
भेलाले राजकुमार थापाको अध्यक्षतामा १५ सदस्यीय युवासंघ वडा कमिटि गठन समेत गरेको छ । कार्यक्रममा नेकपा एस नुवाकोटका सचिव पदम उप्रेती, प्रदेश समन्वय कमिटीका नेता वसन्त वस्नेत, जिल्ला नेताहरु रामहरि गजुरेल, जगदिश पाठक, हरि प्रसाद ढकाल,विकल केसि, सन्तोष थापा लगाएको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस