Techie IT
गृहपृष्ठभिडियोएच आई भि संक्रमित बाल बालिकाहरु लाई अझै पनी सहज तरिकाले स्कुलमा भर्ना लिदैनन

एच आई भि संक्रमित बाल बालिकाहरु लाई अझै पनी सहज तरिकाले स्कुलमा भर्ना लिदैनन

नुवाकोटमा हाल १ शय ८४ जना एच आई भि संक्रमित रहेका छन् । जसमध्य महिला ७५ जना , पुरुष ५९ जना र बालबालिका १० जना रहेका छन् ।


एच आई भि संक्रमित बाल बालिकाहरु लाई सहज तरिकाले स्कुलमा भर्ना गर्न सकिने अवस्था अझै पनी नरहेको त्रिशुली प्लसका संस्थापक अध्यक्ष अच्यूत सिटौलाले बताउनु भयो ।
‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ ३४औँ विश्व एड्स दिवसको अबसरमा गरिएको कार्यक्रममा सिटौलाले एच आई भिको बारेमा समुदाय तहमा जनचेतना बढाउन आवश्यक रहेको बताउनु भयो । बाईट
नुवाकोटमा हाल १ शय ८४ जना एच आई भि संक्रमित रहेका छन् । जसमध्य महिला ७५ जना , पुरुष ५९ जना र बालबालिका १० जना रहेका छन् ।
वैदेशिक रोजगारीमा गएका युवा र उनीहरूको परिवार, यौन व्यवसाय गर्ने, लागुपदार्थ दुव्र्यसनमा लागेका हरु मा एड्स सङ्क्रमण बढी भएको पाइएको छ । नुवाकोटमा एड्स रोगको जाच र औषधी त्रिशुली अस्पताल र त्रिशुली प्लस नामक संस्थाले निशुल्क गर्दै आईरहेको छ । २०६३ सालमा स्थापना भएको त्रिशुली प्लस नामक संस्थाले संक्रमितको् घर घरमा गएर स्वास्थ्य अवस्था बुझ्ने मानसिक तथा आर्थीक सहयोग गर्ने गरेको सिटौलाले बताउनु भयो । बाईट
नेपालभरी एच आई भि संक्रमितको जोखिम केही कम भए पनी नुवाकोटमा जोखिम नहटेको सिटौलाको भनाई छ । आर्थीक अवस्था दय निय भएका संक्रमितहरु ऋाफु र आफ्नो परिवारको रोजि रोटीको लागी भारत तथा अन्य मुलुकमा काममा जानु पर्ने बाध्यता रहेकोले पनी पनी नुवाकामेटमा जोखिम कायमनै रहेको उहाको भनाई छ । बाईट
हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवस मनाउने गरिएको छ । रिाष्ट्रिय एड्स रोग निवारण तथा समन्वय समितिले २०३० सम्ममा सङ्क्रमणदर न्यून बनाउने अभियान थालेका छ ।

 




क्याटेगोरी : भिडियो, समाचार, समाज
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस