Techie IT
गृहपृष्ठखेलकुदप्रथम खुल्ला फुटसल प्रतियोगिता सम्पन्न’

प्रथम खुल्ला फुटसल प्रतियोगिता सम्पन्न’

फुटसल प्रतियोगितामा सुकेधारास्थित 'काया कर्प क्लब' ट्राईब्रेकरमा ४–३ को गोल अन्तरले बूढानीलकण्ठस्थित 'फ्रीडम फाइटर क्लब'लाई हराउँदै विजयी भएको हो ।


चिरञ्जीवी नेपाल, काठमाडौँ ।
बूढानीलकण्ठस्थित गाम्चा फुटबल क्लबले तिहारको अवसरमा प्रथम खुल्ला फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

फुटसल प्रतियोगितामा सुकेधारास्थित ‘काया कर्प क्लब’ ट्राईब्रेकरमा ४–३ को गोल अन्तरले बूढानीलकण्ठस्थित ‘फ्रीडम फाइटर क्लब’लाई हराउँदै विजयी भएको हो ।

बूढानीलकण्ठस्थित भद्रकाली फुटसल एण्ड रि-क्रियशन सेन्टरमा भएको प्रतियोगितामा काया कर्प क्लबका ‘सञ्जीव तामाङ’ उत्कृष्ट गोल रक्षक घोषित भएका छन् । त्यस्तै, फ्रीडम फाइटर क्लबका ‘अर्जुन श्रेष्ठ’ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगिताको समापन समारोहमा विजयी समूहलाई पूर्व स्वास्थ्य मन्त्री, सङ्घीय सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले खेल सकिएलगत्तै सोही स्थानमा पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रथम विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित ३० हजारको चेक, उप-विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित २० हजारको चेक तथा अन्य विधाका विजेताहरूले ट्रफी, मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

फुटसल प्रतियोगिता सफल बनाउन विभिन्न सङ्घसंस्था एवं समाजसेवी व्यक्तिहरूले सहयोग गरेका थिए । कात्तिक १७ र १८ गते दुई दिन भएको उक्त प्रतियोगितामा ३६ वटा क्लबका ३६ वटा समूहले सहभागिता जनाएका थिए ।

गाम्चा फुटबल क्लबका अध्यक्ष ‘रामचन्द्र श्रेष्ठ’को सभापतित्वमा भएको फुटसल समापन समारोहका प्रमुख अतिथि पूर्व स्वास्थ्यमन्त्री एवं सङ्घीय सांसद ‘गगनकुमार थापा’, विशेष अतिथिहरू बागमती प्रदेश लेखा समिति सभापति न्हुच्छे नारायण श्रेष्ठ’ र बागमती प्रदेश लोकतान्त्रिक खेलकुद सङ्घका सभापति ‘दिपक गुरुङ’ हुनुहुन्थ्यो ।

बूढानीलकण्ठ वडानम्बर-१३ स्थित गाम्चामा रहेको ‘गाम्चा फुटबल क्लब’ले फुटबलको स्तरोन्नतिका साथै विभिन्न सामाजिक कार्यहरूमा समेत अग्रसरता देखाइरहेको छ ।

क्लबले समाजमा देखिने विकृति, विसङ्गतिविरुद्ध आवाज उठाउँदै, सामाजिक सचेतनालगायतका कार्यहरू पनि गर्दै आएको छ । क्लबको मुख्य लक्ष्य राष्ट्रिय स्तरको फुटबल खेलाडी उत्पादन गर्ने रहेको क्लबका कोषाध्यक्ष संकल्प श्रेष्ठले नुवाकोट अनलाइनलाई बताउनुभयो ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस