लामीबगैंचा सामाजिक युवा क्लव पिपलटारकाे आयाेजनामा क्लव स्तरिय फुटवल प्रतियाेगिता सुरु
नुवाकोट- लामीबगैंचा सामाजिक युवा क्लव पिपलटारकाे आयाेजनामा आज देखि क्लव स्तरिय फुटवल प्रतियाेगिता संचालन भएकाे छ।
विदुर नगरपालिका -५ स्थित पिपलटारमा रहेकाे स्थानिय खेलमैदानमा लामीबगैंचा सामाजिक युवा क्लवकाे आयाेजनामा आजदेखि सुरु भएकाे फुटवल प्रतियोगिता असाेज-२२ गतेसम्म संचालन हुने आयाेजकले जानकारी दिएकाे छ।
क्लवका अध्यक्ष सुजन गजुरेलकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रम लाई संवाेधन गर्दै कार्यक्रमका प्रमुख आतिथि विदुर नगर खेलकुद विकास समितिका संयाेजक तथा नुवाकाेट जिल्ला फुटवल संघका उपाध्यक्ष उद्धव पनेरुले फुटवल खेललाइ नगरवाट के कसरी सहयोग गरेर अगाडि बढाउन सकिन्छ साेहि अनुरुप सहयोगमा अग्रसर हुने बताए। फुटवल खेलाडी लाई नुवाकोटको उच्चस्तरीय खेलाडी बनाउन खेलकुद लाई अझै स्थानीय स्तरवाट बलियो बनाउदै लैजानु पर्ने उनको भनाइ छ । उनले खेलकुद लाई आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग कहाँ कसरी गर्न सकिन्छ सधैं तयार रहेकाे बताए ।
कार्यक्रममा विदुर नगरपालिका-३ का वडा अध्यक्ष बद्रि रिमाल, समाजसेवि लिलानाथ न्याैपाने, रामहरि गजुरेल, मान वहादुर डंगाेल, एन्फा सदस्य तथा जालपा क्लव देविघाटका उपाध्यक्ष राजेन्द्र खतिवडा लगाएतकाे उपस्थिति रहेकाे थियाे। असाेज २२ गते सम्म सन्चालन गरिने प्रतियाेगितामा जिल्ला भरिका ८ वटा क्लवहरुकाे सहभागिता रहेकाे छ। प्रतियाेगिता लिगकम नकआउटका आधारमा खेलाईने आयाेजक समितिका अध्यक्ष सुजन गजुरेलले जानकारि दिए। गजुरेलका अनुसार प्रतियाेगिता अन्तर्गत आजकाे खेलमा आयाेजक लामीबगैंचा सामाजिक युवा क्लव पिपलटार र तारुका युवा क्लव तारुकाघाट विच सम्पन्न भयाे।
प्रतियाेगितामा लामीबगैंचा सामाजिक युवा क्लवले तारुका युवा क्लवलाई ४-० गाेल अन्तरले पराजित गरेकाे खेलमा विजेता टिमका जर्सि न १० का आकाश रानामगर म्यान अफ दि म्याच घाेषित भए।
खेलमा आकाश रानामगरले ३ गाेल गर्दै ह्याट्रिक गरेका थिए भने विनाेद तामाङले १ गाेल गरेका थिए।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस