प्रथम जिल्ला समन्वय खुल्ला ब्याडमिन्टन प्रतियोगिता नुवाकोटको बट्टारमा
प्रथम जिल्ला समन्वय खुल्ला ब्याडमिन्टन प्रतियोगिता
बट्टार । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने उद्घोषको साथ प्रथम जिल्ला समन्वय खुल्ला ब्याडमिन्टन प्रतियोगिता नुवाकोटको बट्टारमा भैईरहेको छ ।
जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा बट्टार स्थित कर्भडहलमा ब्याडमिन्टर प्रतियोगिता सुरु गरिएको हो । बुधवार भएको प्रतियोगिताको समुद्घाटन कार्यक्रमलाई संवोधन गर्नुहुदै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं संघिय सांसद बहादुरसिंह लामा तामाङले जीवनलाई स्वस्थ राख्ने महत्वपूर्ण माध्यम नै खेल रहेको र त्यसमा पनि ब्याडमिन्टन सबै उमेर समूहका व्यक्तिहरुको लागि सजिलो खेल रहेको बताउनुभएको छ ।
यस्तै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले खेल क्षेत्रमा पनि संघियता भित्राउन नुवाकोटका स्थानीय तहहरु सफल भएको बताउनुभएको छ ।
स्थानीय तहको बस्तीहरु शहरीउन्मुखको अवस्थामा रहेको र शारिरिक श्रम गर्नको लागि समय कम दिने गरेको कारणले गर्दा अस्वस्थ नागरिकहरु बढिरहेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङको भनाई छ । फुटबल, झलिवल जस्ता खेलहरुलाई स्थानीय तहहरुले प्रतियोगितात्मक रुपमा सञ्चाचलन गरिरहेकोले आगामी दिनमा ब्याडमिन्टन खेलको विकासको लागि स्थानीय तहलाई अपनत्व लिन जिसस प्रमुख तामाङले आग्रह गर्नुभएको छ ।
प्रथम जिल्ला समन्वय खुल्ला ब्याडमिन्टर प्रतियोगिताको उद्घाटन समारोहमा तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे, जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापा, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल, जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष गगनकुमार प्रधान, कराते संघका जिल्ला अध्यक्ष राजु थापा, विदुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष फैसिङ तामाङ लगायतले भौतिक पूर्वाधारको क्षेत्रसँगै खेल क्षेत्रको विकासको लागि नुवाकोटमा निरन्तर पहल भइरहेको बताएका छन् ।
प्रतियोगितामा नुवाकोट र रसुवाका गरी ४६ टिमको सहभागिता रहेको प्रथम जिल्ला समन्वय खुल्ला ब्याडमिन्टर प्रतियोगिताका प्रबक्ता गणेस शाहीले जानकारी दिनुभएको छ । सहभागी टिम मध्ये रसुवाको ६ टिम रहेको छ । उद्घाटनको पहिलो दिन १३ वटा खेल भएको थियो ।
प्रतियोगिताको प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोश्रो हुनेलाई १५ हजार रुपैयाँ र तेश्रो हुनेलाई १० हजार रुपैयाँ सहित मेडल र ट्रफि प्रदान गरिनेछ । प्रतियोगिता शुक्रवारसम्म सञ्चालन हुनेछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस