Techie IT
गृहपृष्ठराजनीतिराप्रपाको सहमाहामन्त्री र साहायक मन्त्रीमा नुवाकोटका प्याकुरेल र राई

राप्रपाको सहमाहामन्त्री र साहायक मन्त्रीमा नुवाकोटका प्याकुरेल र राई


नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टीकोे सह–महामन्त्रीमा नुवाकोटका झनक प्याकुरेल र साहयकमन्त्री पदमा दिपककुमार राईलाई मनोनित भएका छन । राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले आईतवार पार्टीको विधान वमोजिम नुवाकोटका झनक प्याकुरेललाई सह–महामन्त्री र दिपककुमार राईलाई सहायक महामन्त्री पदमा मनोनयन गरेका हुन।

प्याकुरेल र राई लाई जिम्मेवारी दिए संगै नजिकिदै गरेको चुनावमा राप्रपाले नुवाकोट बाट केहि सिट हात पार्ने बिश्वास समेत गरिएको छ । चारवर्ष अघि सम्पन्न भएको स्थानिय तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले लिखु गाउपालिका वडा नं ४ बाहेक नुवाकोटको कुनैपनि स्थानमा जित हासिल गर्न सकेको थिएन । लिखु गाउपालिका वडा नं ४ साहायक मन्त्रीमा मनोनीत भएका दिपक कुमार राईको वडा समेत रहेको छ ।
त्यसोत लिखु गाउपालिका लाई राप्रपाको पकड क्षेत्र समेत मानिदै आयको छ ।

 


क्याटेगोरी : राजनीति


प्रतिक्रिया दिनुहोस