Techie IT
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिबिदुर नगरपालिकामा काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिबाट सातौ नगरसभा बहिष्कार

बिदुर नगरपालिकामा काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिबाट सातौ नगरसभा बहिष्कार


नुवाकोटको बिदुर नगरपालिकामा काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले सातौ नगरसभा बहिष्कार गरेका छन् । बिदुर नगरपालिकाको सातौ नगर सभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एव बजेटमा वडागत रुपमा बजेट सार्वजनिक नगरि एकमुष्ट बजेट ल्याई अनियमिता गर्न लागेको भन्दै काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले सातौ नगरसभा बहिष्कार गरेका हुन् ।
सातौँ नगरसभा चलिरहँदा नगरपालिकाले जनतामुखि नभई नेकपाको कार्यकर्तामुखि बजेट ल्याएको भन्दै विरोध सहित नगरसभा बहिष्कार गरेका हुन् । बजेटमा आफूहरुलाई झुक्काउदै आएको र मेयरको एकल निर्णयमा बजेट विनियोजन गर्ने गरेको भन्दै विरोध जनाएका हुन् ।
वडाध्यक्ष सहितका प्रतिनिधिले विरोध जनाईरहदाँ संगै महिलाँ जनप्रतिनिधिले नगरले एकल महिला र महिला विशेष कार्यक्रमलाई नसमेटेको प्रति विरोध जनाएका छन् । साथै वडाको अधिकार वडाध्यक्षलाई नदिएको र मेयर आफैले हस्तक्षेप गर्ने गरेको प्रति समेत आपत्ति जनाएका छन् ।


क्याटेगोरी : राजनीति, समाचार


प्रतिक्रिया दिनुहोस