Techie IT
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिपञ्चकन्या युवा समाजद्वारा गाउँपालिकाको राहत कोषमा रकम प्रदान

पञ्चकन्या युवा समाजद्वारा गाउँपालिकाको राहत कोषमा रकम प्रदान


पञ्चकन्या जनकल्याण युवा समाजले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सहयोगको लागि पञ्चकन्या गाउँपालिकाले स्थापना गरेको कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ ।
घलेञ्ज्याङमा रहेको गाउँपालिकाको अस्थायी कार्यालयमा पुगी सोमबार समाजका तर्फबाट नगद २५ हजार २५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङलाई समाजका अध्यक्ष टीकाराम तामाङले हस्तान्तरण गरेका हुन् ।
पहिलो चरणमा समाजका कार्यसमितिका पदाधिकारीरसदस्यहरुबाट संकलन गरेर गाउँपालिकाको राहत कोषमा रकम जम्मा गर्ने वैशाख ८ गतेको निर्णयअनुसार सहयोग हस्तान्तरण गरिएको जनकल्याण युवा समाजका कोषाध्यक्ष रामहरि भण्डारीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष तामाङले सहयोग प्रदान गर्ने पञ्चकन्या जनकल्याण युवा समाजलाई धन्यवाद दिँदै राहत वितरणमा गाउँपालिकालाई ठूलो मद्दत पुग्ने बताए । ’थुप्रै संघसंस्थाले सहयोग गरिरहेको सन्दर्भमा पञ्चकन्या जनकल्याण युवा समाजले सहयोग गरेको छ । भलै यो तपाईंहरुका नजरमा थोरै रकम लाग्न सक्छ । तर हामीले ठूलै रकम महसुस गरेका छौं’, अध्यक्ष तामाङले भने, ’यसले धेरै सहयोग पुग्छ ।’
जनकल्याण युवा समाजले स्थापनाकालदेखि नै चीरपरिचित हुँदै जनताका काम गर्दै अगाडि बढिरहेकोमा प्रशंसा गर्दै अध्यक्ष तामाङले आगामी दिनमा दुस्ख पर्दा सहयोग पाइरहने आशा व्यक्त गरे । अध्यक्ष तामाङले स्थानीय सरकारको तर्फबाट युवा समाजलाई दिने सहयोग निरन्तर रहने वचनबद्धता पनि व्यक्त गरे ।
सहयोग प्रदान गर्नेक्रममा गाउँपालिकाकी उपाध्यक्ष सीता खड्का पराजुली, वडा नं ३ का अध्यक्ष रामबाबु पराजुली लगायत जनप्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखा प्रमुख, कर्मचारीहरु सहभागी थिए ।


क्याटेगोरी : राजनीति, समाचार


प्रतिक्रिया दिनुहोस