Techie IT
गृहपृष्ठराजनीतिअसाहाय र निम्नबर्गका परिवारहरुलाई लिखु ४ का यूवाहरुको सहयोग

असाहाय र निम्नबर्गका परिवारहरुलाई लिखु ४ का यूवाहरुको सहयोग


लिखु गाउपालिका वडा नं ४ का असाहाय र निम्न बर्गका परिवारहरु लाई लिखु ४ का यूवाहरुले राहात बितरण गरेका छन् ।
लिखु गाउपालिका बाट राहात बितरणमा ढिलाई भएको र असाहायमा समस्या परेको भन्दै स्थानिय यूवाहरुले सहयोग गरेको समाजसेवी रामचन्द्र अगस्तिले जानकारी दिए ।
स्थानिय यूवाहरु रामचन्द्र अगस्ति,सद्दाम राई,सनम राई,रबि मानन्धरलगाएतका टिमले वडा नं ४ का निम्न बर्गिय परिवार मध्यका ६० घर परिवार लाई १० किलो चामल,१ किलो दाल,१ किलो नुन,१ लिटर तेल,२ पिस साबुन घर घरमा पगी बितरण गरेका हुन् ।
यस अघि सोही टिमले वडा नं ४मा न्र डिसईन्फेक्सन किटनासक औषधी छर्केका थिए ।
कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले गरेको लक डाउनले धेरै निम्न बर्गका परिकार लाई खाद्यान्नको अभाव भैरहेकाले हामीले जस्तै अरुलेपनि सहयोगको हात अघिसारे निम्र्नबर्गिय परिवारको घरमा खुसी आयने समाजसेवी सद्धाम राई बताउछन् ।


क्याटेगोरी : राजनीति, समाचार


प्रतिक्रिया दिनुहोस