Techie IT
गृहपृष्ठपत्र-पत्रीकास्थानीय तहको चुनावको नजिकिय संगै टोल टोलमा चुनावी सरगर्मी बढ्यो , माओवादी बाट आङछिरीङ शेर्पाको उमेद्दवारी रहने

स्थानीय तहको चुनावको नजिकिय संगै टोल टोलमा चुनावी सरगर्मी बढ्यो , माओवादी बाट आङछिरीङ शेर्पाको उमेद्दवारी रहने


भोटेकोशी गाउपालिका, सिन्धुपाल्चोक

स्थानीय तहको चुनाव नजिकिय संगै टोल टोलमा चुनावी सरगर्मी बढ्न थालेको छ ।
नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका पनि चुनावको रापतापबाट अलग हुन सकेको छैन ।
चुनाव नजिकिँदै गर्दा बिभिन्न पार्टीका बिभिन्न ब्यक्तिहरुले उमेद्दवारी दावी गरिरहदा नेकपा माओवादी बाट भने आकांक्षी शेर्पाले उमेद्दवारी उम्मेदवार दिने भएका छन् ।
माओवादी पार्टी बाट अन्य ब्यक्तिहरुले दावी गरे पनि माओवादी फुटको बेला होस् वा नेकपा फुटको बेला शेर्पा आफ्नो अडान नछोडी प्रचण्डलाई दरिलो साथ दिएकै कारण यो पटक भोटेकोशी गाउपालिकाको प्रमुखमा आकांक्षी शेर्पा उम्मेदवार रहन सक्ने स्थानिय देखी कन्द्रिय नेता तथा कार्यकर्ताहरुले अड्कल काट्न थालेका छन् ।

राजनिति शास्त्रमा मास्टर्स अध्ययन गर्दै गरेको आङछिरी शेर्पा संग समाजसेवा र राजनितिको लामो अनुभव रहेको छ । शेर्पा हरुको साझा संगठन नेपाल शेर्पा संघको बागमती प्रदेश समितिको हालको अध्यक्ष, स्थानीय क्लबको अध्यक्ष , नेपाल व्यापार संघको केन्द्रिय सदस्य ,भोटेकोशी सरोकार मञ्चको सल्लाहकार संयोजक ,२०७१ साल देखी निरन्तर सिन्धुपाल्चोक जिल्ला पार्टी सदस्य ,शेर्पा राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रिय सदस्य तीन पटक भोटेकोशी माओवादी केन्द्रको पार्टी प्रमुख र हाल भोटेकोशी पार्टी ईन्चार्जको रुपमा काम गरिरहेका छन् । शेर्पालाई भोटेकोशी पार्टी अध्यक्ष लाक्पा शेर्पा सहित सिंगो पालिका समितिको समेत दरिलो साथ रहेको छ ।
विभिन्न देशको भ्रमण गरेर त्याहाँको विकासको मोडलको गहिरो अध्यन समेत गरेका शेर्पा भोटेकोशी गाउँपालिकाको राम्रो युवा राजनितिक क्षमता भएको नेतामा समेत पर्दछन् ।

भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा बसोवास गर्ने शेर्पा कम्युनिस्ट पृष्ठभुमिमा हुर्केका हुन् । बौद्धिक नेताको छवि बनाएका शेर्पा विभिन्न संघ संस्थाको समेत सल्लाहकार समितिमा रहेर काम समेत गरिसकेका छन् । जनताले तिरेको करको सहि सदुपयोग गर्ने स्पष्ट भिजन भएका कारण पार्टीले न्याय गरे आफू विकास र पालिकामा रहेका हरेक समस्याको निकासको लागी पालिका प्रमुखमा उम्मेदवारी दिन तयार रहेको शेर्पाले जानकारी दिए ।
आकांक्षी शेर्पा संगै पुरानो माओवादी नेता दाबुटी शेर्पा , कुमार राउत , लाक्पा शेर्पा ,फुर्पा शेर्पा (फुनु) लगायतका ब्यक्तिहरुले पनी उमेद्दवारीको दावी गरिरहेका छन् । यदि गठबन्दन हुने भए पालिका प्रमुखको रेसमा हालको गाउँपालिका प्रमुख राजकुमार पौडेल रहे पनि पार्टी केन्द्रको विशेष परिपत्र अनुसार उम्मेदवार नदो¥याउने भएका छन् । पौडेलले नदो¥याउने बताए पनि टिकटको आकाङ्छिहरु भने धेरै देखिएका कारण टिकटमा बाजी कसले मार्छ त्यो भने हेर्न बाँकी छ।


क्याटेगोरी : पत्र-पत्रीका, प्रबिधि, समाचार, समाज


प्रतिक्रिया दिनुहोस