Techie IT
गृहपृष्ठसमाचारत्रिशुली खोलामा नयाँ पुल निर्माणसंगै यातायात संञ्चालनमा सहज

त्रिशुली खोलामा नयाँ पुल निर्माणसंगै यातायात संञ्चालनमा सहज


नुवाकोटको बिदुर नगरपालिका १ स्थित त्रिशुली खोलामा निर्माणाधिन नयाँ पुल निर्माणसंगै यातायात संञ्चालनमा सहज भएको छ।

नयाँ पुलको निर्माण र यातायात संञ्चालनसंगै पुरानो पुलमा हुनसक्ने सम्भावित जोखिम् हट्नुका साथै जिल्लाकै प्रमुख ब्यापारिक केन्द्र त्रिशुली बजार क्षेत्रमा ब्याप्त सडक तथा यातायात जामको समस्या हटेको छ ।

जिल्लाकै पहिलो जलबिद्युत परियोजना त्रिशुली जलबिद्युत केन्द्र निर्माणको क्रममा करिव ६ दशक अघि निर्माण गरिएको पुरानो पुल जीर्ण र जोखिम्युक्त बनेपछि बिदुर १ स्थित त्रिशुलीमा नयाँ पुल निर्माण गरिएको हो ।
२०२० सालमा त्रिशुलीमा निर्माण गरिएको ८ मेटिक टन क्षमताको सिंगल लेनको उक्त पुरानो पुल अत्यधिक भारवहन र समय क्रमसंगै जीर्ण भएको कारण दुर्घटनाको जोखिम् बढेपछि पुरानो पुलको नजिकै करिव १ सय ५० मिटरको दुरीमा नयाँ पुल निर्माण गरिएको हो ।
करिव ८ करोडको लागतमा त्रिशुलीमा निर्माण भएको ६० मिटर लामो सिंगल स्पानको ११ मिटर चौंडा डबल लेनको उक्त नयाँ पुल बक्स कडर प्रि स्टेस प्रविधिमा निर्माण भएको हो ।
डिजाईन एण्ड ब्युल्ड मोडलमा भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था बिभाग पुल महाशाखा काठमाण्डौं अन्तर्गत सेक्टर २ ललितपुरको संयोजनमा निर्माण गरिएको उक्त पुल हिमडुंग एण्ड थोकर र गणेशकुण्ड निर्माण कम्पनिद्धारा संयुक्त रुपमा निर्माण भएको हो ।




क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस