Techie IT
गृहपृष्ठसमाचारनेपालमै पहिलोपटक नुवाकोटको भवानी माविबाट डिजिटल कुमोन कक्षा सन्चालनमा

नेपालमै पहिलोपटक नुवाकोटको भवानी माविबाट डिजिटल कुमोन कक्षा सन्चालनमा


ककनी गाँउपालिकाको वडा नम्बर ४ रानीपौवामा रहेको भवानी माध्यामिक बिद्यालयमा डिजिटल कुमोन कक्षा सन्चालनमा आएको छ ।

नेकपा एमालेका युवा नेता पुर्णलाल श्रेष्ठको पहलमा जापानको ओसाकामा रहेको कुमोन ईन्स्टिच्युड अफ एजुकेसन कम्पनीले नेपालमा पहिलोपटक भवानी माविमा कुमोन कक्षा सन्चालनमा ल्याएको हो ।

युवा नेता श्रेष्ठका अनुसार गणितीय प्रबिधीबाट शिक्षण सिकाइ हुने र कमजोर विद्यार्थीहरुले पढाइमा रुची बढ्ने भएकाले डिजिटल कुमोन कक्षाको महत्वको साथै नेपालका लागी रानीपौवाको भवानी मावीलाईनै छनौटमा पार्नको लागी आफ्नो पहल सफल भएको बताउनुभएको छ ।

विद्यालयमा डिजिटल प्रबिधीमार्फत सिकाई जरुरी रहेको बताउदै नेता श्रेष्ठले स्थानीय सरकारसँग पनि सक्ने स्रोत र साधनको सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

कमजोर विद्यार्थीहरुलाई पढाइ प्रती रुचि जगाउन र शिक्षामा टेक्नोलोजीको विकास गराउने उद्देश्यका साथ हालसम्म ६२ वटा देशहरुमा यो प्रविधि बाट शिक्षण सिकाइ भैरहेको र नेपालमा पहिलो सुरुवात भवानी माविबाट भएको कुमोन ईन्स्टिच्युटका भाइस प्रेसिडेन्ट केन्टारो मियोसीले बताउनुभएको छ ।

कुमोन महङ्गो सफ्टवेयर भएकाले अन्य देशहरुमा सरकारी स्तरबाट सञ्चालन गरिएको भएपनि नेपालमा भने पुर्णलाल श्रेष्ठको व्यक्तिगत पहलमा उक्त कक्षा सञ्चालनमा आएको हो ।

महङ्गो सफ्टवेयर भएकाले बिद्यालयलाई आर्थिक भार नपर्ने गरी ६÷६ महिनाको लागी आईजिसी विजनेस होल्डिङ नामक संस्था र दास स्मृति प्रतिष्ठानले सहयोग गर्ने र आगामी बर्षहरुमा अन्य थप सहयोगको जुटाउने आईजिसी विजनेस होल्डिङका निर्देशक विकास लामाले बताउनुभएको छ ।

विकसित देशको सफ्टवेयरलाई नेपालमा सन्चालन गराउँदा सहयोग हुने र सफ्टवेयरको पनी विस्तार हुने भएकाले कुमोन कक्षा सन्चालनको लागी पहल गरेको कुमोन ईन्स्टिच्युडका म्यानेजर मसकी टिसुडाले बताउनुभएको छ ।

कार्यक्रममा ककनी गाँउपालिकाका पुर्व अध्यक्ष मानबहादुर लामाले ककनीको शैक्षिक गुणस्तरको लागी लागी आईजिसी विजनेस होल्डिङ र दास स्मृति प्रतिष्ठानले गरेको सहयोगको प्रशंसा गर्नुभएको छ । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष सोनाम लामा, वडा नम्बर ८ का अध्यक्ष शेषमान लामा, स्थानिय जनप्रतिनिधिलगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस