तीन महिनामा विदेश जाने विद्यार्थीसँगै बाहिरियो ३३ अर्ब
चालू आर्थिक वर्षको सुरुको तीन महिनामा विदेश पढ्न जाने विद्यार्थीले ३३ अर्ब लिएर गएका छन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कुल वदेश भ्रमणतर्फ ५१ अर्ब ८० करोड बाहिर गएको छ । यसमध्ये शिक्षातर्फको खर्च भने ३२ अर्ब ९२ करोड रुपियाँ छ ।
गत आर्थिक वर्षको सुरुको तीन महिनामा बाहिरिएका रकमको तुलनामा चालू आर्थिक वर्षको सुरुको तीन महिनामा ७६.१ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्षको सुरुको तीन महिनामा भ्रमण खर्च २९ अर्ब ४१ करोड रहेकोमा शिक्षामा मात्र १७ अर्ब ८९ करोड बाहिरिएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस