Techie IT
गृहपृष्ठसमाचारत्रिशुली अस्पतालसंग ८५ प्रतिशत सन्तुष्ट

त्रिशुली अस्पतालसंग ८५ प्रतिशत सन्तुष्ट


नुवाकोटको जिल्ला अस्पतालको त्रिशुलीले सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको आफ्नो पक्षको विषयमा तेस्रो पक्षबाट परिक्षण गरेको छ । सामाजिक परिक्षणबाट त्रिशुली अस्पतालका सेवाग्राही मध्ये ८५ प्रतिशत सन्तुष्ट रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

सामाजिक परिक्षणका क्रममा ८५ प्रतिशत सेवाग्राहीहरुले अस्पतालको सेवा गुणस्तरिय रहेको बताएका छन् । त्यस्तै १० प्रतिशतले मध्यमखाले सेवा पाएको प्रतिक्रिया दिएका छन् भने पाँच प्रतिशतले अस्पतालको सेवामा असन्तुष्टि जनाएको सामाजिक परिक्षणमा सम्लग्न अधिवक्ता गोकर्ण पुडासैनीले जानकारी दिए ।

त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेले अस्पतालको सेवा प्रवाह प्रति असन्तुष्टि जनाउने पाँच प्रतिशत सेवाग्राहीको संख्या पनि कम नरहेको उल्लेख गर्दै असन्तुष्टि जनाउनेहरुको संख्या शुन्यमा ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । डा. पाण्डे अस्पतालमा कार्यरत रहेदेखि दुई वर्षसम्म देशैभरीका सरकारी अस्पतालमाहरुमा त्रिशुली अस्पताल उत्कृष्ठ रहदै आएको छ । डा. पाण्डेले आफुहरुले गरिरहेको काम र सेवा प्रवाहको प्रतिक्रिया नागरिहरुबीच कस्तो रहेछ भन्ने जानकारी लिनका लागि सामाजिक परिक्षण गरेको बताएका छन् । ‘यो सामाजिक परिक्षण बाध्यकारी थिएन तर हामी सधै क्लिनिकल अडिट गर्छौ, बिरामीहरुको अवस्था के कस्तो छ मात्रै सोधिखोजी गर्छौ, तर कहिल्यै सामाजिक अडिट गर्दैनौं अनि समाजमा हाम्रो कामको सोधिखोजी गदैंनौं’ डा. पाण्डेले भने, ‘हाम्रो काम र सेवाको बिषयमा सामाजिक स्तरबाट प्रतिक्रिया लिऔं भनेर यो परिक्षण गरेका हौं ।’ उनका अनुसार सेवामा गुणस्तरियता ल्याउनका लागि स्वतन्त्र रुपमा तेस्रो पक्षबाट सामाजिक परिक्षण गरिएको हो ।

लगातार दुई वर्षदेखि न्युनतम सेवा प्रदानमा नेपाल भरीकै अस्पतालमा उत्कृष्ठ हुँदै आएको त्रिशुली अस्पताललाई तेस्रो वर्षपनि पहिलो स्थानमा टिकाइराख्नका लागि चुनौती रहेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागिहरुले बताएका छन् । अस्पतालले मंगलवार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी सेवाग्राही, जनप्रतिनिधि र सरोकारवालाहरु बीचमा सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यस अवसरमा प्रतिवेदनमाथी टिप्पणी गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नुवाकोट, रसुवा र धादिङका नागरिकहरुलाई न्युनतम गुणस्तरिय स्वास्थ्य सेवा दिने सन्र्दभमा त्रिशुली अस्पतालमा राम्रो रहेको बताए । उनले अस्पताललाई जनशक्ति र भौतिक पक्षबाट सहयोग गर्नका लागि स्थानीय सरकार तयार रहेको र त्रिशुली अस्पतालको विकास र क्षमता विस्तारका लागि सधै विदुर नगरपालिकाको प्राथमिकतामा पर्ने बताएका छन् । प्रमुख श्रेष्ठले अस्पताललाई आवश्यक पर्ने जग्गा नेपाल विद्युत् प्राधिकरणबाट भाडामा लिनका लागि आवश्यक प्रक्रिया विदुर नगरपालिकाबाट मिलाइदिने पनि बताएका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष राजु पण्डितले अस्पतालमा पछिल्लो समय जनशक्तिको अभाव हुन थालेको बताउँदै त्यसैका कारण गुणस्तरमा कमी आउला की भन्नेमा चिन्ता व्यक्त गरे । विशेषज्ञ डाक्टरहरुलाई अस्पताल विकास समितिले एक सय प्रतिशतसम्म भत्ताको व्यवस्था गरेर काममा राखिरहेको र समितिको आम्दानीको श्रोत सिमित भएकोले दिर्घकालिन आर्थिक व्यवस्थापनकोपाटो चुनौती पुर्ण रहेको अध्यक्ष पण्डितले बताएका छन् ।

विदुर नगरपालिका वडा नं. ९ का अध्यक्ष हरेराम भण्डारीले आफ्नो वडामा समेत पर्ने उत्तः अस्पतालका कारण विदुर नगरपालिकाले सान प्रस्तुत गर्न पाएको बताए । सबै खाले न्युनतम स्वास्थ्य सेवा जिल्ला अस्पतालबाटै उपलब्ध हुनु र केही जटिल अप्रेसन समेत जिल्ला अस्पतालमा हुनेले आफुलाई आनन्द आउने गरेको उनले सुनाए । वडाको तर्फबाट अस्पतालको विकासका लागि सबै पक्षबाट सहयोग हुने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले त्रिशुली अस्पतालले अझै गुणस्तरिय सेवा दिनुपर्ने तर्फ सचेत गराएका छन् । अस्पतालमा सेवा लिन आएका बिरामीहरुको संख्याकै आधारमा मात्रै खुसी नभई सेवालाई थप विस्तार र गुणस्तरिय बनाउनु पर्ने बेला भइसकेको उनले बताए । सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमका कारण बीमाबाट खर्च गर्ने गरी त्रिशुली अस्पतालमा बिरामीहरु आउने कारणले अधिक चाप देखिएको र नागरिकहरुले अस्पतालको सेवा खस्कन थालेको टिप्पणी गर्न थालेकोले त्यस तर्फ सेचेत बन्न अध्यक्ष खनालले आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100, #Hot100

प्रतिक्रिया दिनुहोस