Techie IT
गृहपृष्ठसमाचारप्रचण्डद्वारा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेश

प्रचण्डद्वारा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेश


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दाबी पेश गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यक्ष दाहालले भर्खरै सो दाबी पेश गर्नुभएको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी सात दलको सहमतिमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

सो दाबी पेश गर्ने क्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा। सिके राउतको उपस्थिति रहेको छ । यसैगरी, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ लगायतका नेताहरु सहभागी हुनुभएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस