Techie IT
गृहपृष्ठसमाचारनिर्वाचनका लागि शुरक्षा लगायत सम्पूर्ण तयारी पुरा

निर्वाचनका लागि शुरक्षा लगायत सम्पूर्ण तयारी पुरा


भोली मंशीर ४ गते आईतवार हुने प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनका लागि नुवाकोटमा शुरक्षा लगायत सम्पूर्ण तयारी पुरा भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटको दुईसय ८८ मतदान स्थल सहित १३२ मतदान केन्द्रको निर्वाचनका लागि आवश्यक सम्पूर्ण संरचना निर्माण सहित शुरक्षा सम्बन्धी तयारी पुरा भईसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले जनाएको छ ।


निर्वाचनमा मतदाता सहभागी संख्या बढाउन र सहजताको लागि मतदान स्थल हेरफेर तथा सारिएको समेत जनाएको छ । लिखु कालिका मावि मतदान स्थललाई ठाउँसारी ५ नम्बर वडा कार्यालयमा सारिएको छ । त्यस्तै बेलकोटगढी नगरपालिकाको ११ नम्बर वडा कार्यालयमा रहेको मतदान स्थललाई ५ नम्बर वडा कार्यालयमा सारिएको हो ।

साथै निर्वाचनलाई स्वतन्त्र र भयरहित बतावरणमा सम्पन्न गर्नको लागि जनपथ सशस्त्र र म्यादी र नेपाली सेनागरी करिव ४ हजार शुरक्षाकर्मी परिचालित भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । नेपाली सेनाद्धारा लामो तथा छोटो दुरीमा गस्तिको व्यवस्था समेत मिलाईएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस