Techie IT
गृहपृष्ठसमाचारआईचरको ठक्करबाट एक जनाको मृत्यु, शब उठेन

आईचरको ठक्करबाट एक जनाको मृत्यु, शब उठेन


बेलकोटगढी नगरपालिकाको वडा नम्बर ७ महादेवफाँटमा मंगलबार साँझ मिनीट्रक (आईचर)को ठक्करबाट एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लागिएको छ ।

गएराति महादेवफाँटस्थित बा २० च ९४४२ नम्बरको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई आईचरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट बेलकोटगढी नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै निधन भएको र सोही स्थानका ४८ वर्षीय राजेन्द्र राई  गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभएको छ ।

आईचर चालकको लापरबाहीबाट दुर्घटना भएको जनाउँदै पीडित परिवारसहित स्थानीयवासीले शव उठाउन अस्वीकार गरेका छन् । उनीहरूले घटनास्थलमा बसेर रातिदेखि सुरु गरेको विरोध प्रदर्शन अहिलेसम्म कायम छ । मृतकको शव स्थानिय मेडिकलमा राखिएको छ ।

ठक्कर दिने बा ३ ख १६४ नम्बरको आईचर घटनापछि भाग्ने क्रममा स्थानीयवासीले बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन् । चालकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख पण्डितले जानकारी दिनुभएको छ ।

दुर्घटनापछि फरार भएको मिनीट्रकलाई रोक्न बेवास्ता गरेको जनाउँदै स्थानीयवासीले प्रहरी चौकी तारुकाको देवीघाट–गल्छी सडकखण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पु¥याउने प्रयास गरेका थिए ।
घटनापछि गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट–गल्छी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Hot100

प्रतिक्रिया दिनुहोस