कनेक्ट अल नेपाल (क्यान)को आयोजनामा दुप्चेश्वर गाउँपालिकामा सचेतिकरण कार्यक्रम सम्पन्न
दुप्चेश्वर गाउँपालिकामा गैर सरकारी संस्था कनेक्ट अल नेपाल (क्यान)ले दुप्चेश्वर गाउँपालिकामा सचेतिकरण कार्यक्रम गरेको छ ।
रुक्मिणी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आधुनिक प्रविधिको दुरुपयोगबाट हुने असरहरुको बारेमा जानकारी गराइएको थियो । विद्यार्थीहरुसँग सामाजिक सञ्जालको दुरुपयोगबाट पर्ने असर, अनावस्यक रुपमा मोमाइल फोन चलाउदा समाजमा पर्ने गरेको सामाजिक तथा मानसिक असरको बारेमा सहजिकरण गरिएको थियो ।
साथै कार्यक्रममा चेलिबेटी बेचबिखन सम्बन्धि न्यूनिकरणको विषयमा समेत अन्तरक्रिया गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100, #Hot100
प्रतिक्रिया दिनुहोस