एक व्यक्ति प्रसारण लाइनमा चढेपछि त्रिशूली ३ ए को उत्पादन बन्द
जिल्लाको ककनी गाउँपालिकामा एक पुरुष विद्युत् प्रशारण लाइनको तारमा हिँडिरहेका छन् ।
स्थानीय जयबहादुर तामाङले शनिबार बिहान ९ बजे विद्युत् प्रशारण लाइनको टावरबाट तारमा हिँडिरहेको बताउनुभयो ।
विद्युतको तारमा हिँडिरहेका नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विक रहेको प्रहरीले जनाएको छ ।
विक दुई सय २० केभीको प्रशारण लाइनमा हिँडिरहनुभएको हाे । उहाँ परिवारसँग झगडा गरेर विजुलीको तारमा पुगेको स्थानीय बताउछन् ।
त्यस स्थानमा दुई प्रहरी र चार–पाँच जना स्थानीयले अहिले उहाँलाई कुरेर बसिरहनुभएको छ ।
विक जति अनुरोध गरे पनि झर्न मानेका छैनन् । स्थानीयले विद्युत प्राधिकरणलाई पनि उद्धारका लागि अनुरोध गरेको बताएका छन् ।
मानसिक सन्तुलन गुमाएका विक बिहान परिवारलाई खुकुरी देखाएर झगडा गरेको रामकृष्ण तामाङले बताउनुभयो ।
विद्युत प्रशारण लाइनमा विक पुगेपछि विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द गरिएको छ ।
ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा विक चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस