दुप्चेश्वरमा १२०० गन्दा प्रमुखमा नेका र उपप्रमुखमा माओबादी अगाडी
नुवाकोट । नुवाकोटको दुप्चेश्वरमा मतदान कार्य सम्पन्न हुना साथ मतगणना सुरु भै सकेको छ ।
स्रोत को जानकारी अनुसार दुप्चेश्वरमा वडा न १ बाट मतगणना सुरु गरिएकोमा हाल २ न मा पनि मत गन्न थालिएको छ । नुवाकोटको दुप्चेश्वर वडा न १ बाट मतगणना भै ८०० मत गनिसक्दा नेपाली काङ्रेसले झिनो अग्रता लिएको थियो । यसैगरी २ न मा ४०० मत गनिसक्दा दुप्चेश्वरमा जम्मा १२०० मतको नतिजा आएको छ ।
समग्र १२०० मत गन्दा नेपाली काङ्रेस का अध्यक्ष पदका उम्मेद्वार पुर्ण तामाङले ४४६ मत , माओवादीका सन्कर थापाले ४४१ मत ल्याएका छन भने एमालेका योबिन्द्र सिह तामाङले २६२ मत ल्याएका छन । अध्यक्ष पदमा पूर्ण तामांग ५ मतले अगाडी रहेका छन् ।
यस्तै उपाध्यक्ष पदमा कांग्रेसको अन्जु आचार्यको ४३५ मत , माओबादीको माकुरी तामांगको ४९७ मत र एमालेको सरस्वति थापा खडकाको २०९ मत रहेको छ ।उपाध्यक्ष पदमा माकुरी तामांग ६२ मतले अगाडी रहेकी छिन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस