Techie IT
गृहपृष्ठसमाचारलिखु गाउपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

लिखु गाउपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना


लिखु गाउपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना नुवाकोटको जिल्ला लिखु गाउपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आउदै गरेको स्थानिय तहको निर्वाचन लाई लक्षित गरि बुधवार लिखु गाउपालिकाको वडा नंम्बर ५ अमिलबोटेमा कार्यालय स्थापना गरिएको हो । निर्वाचनको समयमा आउने समस्या, आचारसंहिता पालनाको अवस्था लगाएत निर्वाचन अधिकृतको कार्यालयले हेर्ने कार्यालय स्थापना गर्दै गर्दा लिखु गाउपालिकाका निर्वाचन अधिकृत पुर्णबहादुर थापामगरले बताउनु भयो ।  सम्मानित निर्वाचन आयोगले तोकेका सम्पुर्ण कामहरु निर्वाचन अधिकृतको कार्यालयले गर्ने थापामगरको भनाई छ ।

कार्यालय स्थापना हुनु पुर्ब नै बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन लाई स्वतन्त्र निष्पक्ष भयरहित तथा पारदर्सी बनाउन, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहितापालना गर्ने, निर्वाचन कार्य स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन निर्वाचन अधिकृतको कार्यालय लाई सहयोग गर्ने सर्वदलिय बैठक बसि निर्णय समेत गरिएको छ । कार्यक्रममा बिभिन्न दलका प्रतिनिधी , लिखु गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत महेशबहादुर बम , लिखु गाउपालिकाका कर्मचारीहरु लगाएतको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस