चुनावी गठबन्धनको नाममा अरुको साहारामा बिलिन हुदैनौ / अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले पार्टीको शक्ति दिन दुई गुणा रात चौगुणाको रुपमा वृद्धि भइरहेको बताउनुभएको छ ।
समाजवादी प्रेस संगठन नुवाकोट शाखाले मंगलवार विदुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले स्थापनाको ६ महिनामा नै पार्टी बालिक भएको बताउनुभएको हो । शक्ति बलियो भइसकेको र उच्च बनोबलका साथ पार्टीलाई अगाडी बढाइरहेका भन्दै नेपालले सबै खालको परिस्थितिको सामना गर्न तयार रहेको बताउनुभएको छ । कम्युनिष्ट आन्दोलनको मूल धारलाई आत्मसाथ गरिरहेका भन्दै उहाँले बाम शक्ति र लोकतान्त्रिक शक्तिसँग हातेमालो गर्न तयार रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) चुनावी गठबन्धनमा जान तयार रहेको केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ । चुनावी गठबन्धनको नाममा अरुको साहारामा बिलिन नहुने समेत अध्यक्ष नेपालको भनाई छ । आफ्नो साहारा र शक्तिमा निर्वाचनमा होमिन तयार रहेको भन्दै नेपालले आफ्नो शक्तिलाई बलियो बनाउनको लागि पार्टी कमिटि निर्माणमा जुटेको बताउनुभएको छ ।
पत्रकार भेटघाटको क्रममा अध्यक्ष नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा रहेको भ्रम टुटेको समेत बताउनुभएको छ । एमससीसीको विषयमा रहेको भ्रम र सङ्का निवारणको लागि कानुनी व्यवस्था अनुसार नै व्याख्यात्मक टिप्पणी गरिएको र उक्त टिप्पणीले जनताको मनोबल बढाएको उहाँको भनाई छ । यस्तै अध्यक्ष नेपालले गठबन्धन सरकार टुट्दैछ भन्ने हल्लामा सत्यता नरहेको समेत बताउनुभएको छ ।
स्टिकर, पर्चा, पम्प्लेट बाड्ने र नारा घन्काउने जस्ता गतिविधि जनताको टोलटोलमा आयोजना गरी जनताको माझमा पार्टीलाई लोकप्रिय बनाउन नेपालले कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #hot 100, #Hot100
प्रतिक्रिया दिनुहोस