रेडक्रस सोसाइटी खानिगाउ उपसाखाको अध्यक्षमा शिव कुमार धमला
नेपाल रेडक्रस सोसाइटी खानिगाउ उपसाखाको अध्यक्षमा शिव कुमार धमला चयन भएका छन । बिहिबार सम्पन्न भेलाले धमलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती चयन गरेको हो । शाखाको उपाध्यक्ष, सचिब, सहसचिब, कोषाध्यक्ष र सहकोषाध्यक्षमा सुमिता दुलाल, रामशरण थापा, मुकेश धमला, रामधन ढकाल र सिताराम न्यौपाने चयन भएका छ्न । भेलाले सदस्यहरुमा उर्मिला पान्डे, बलराम प्याकुरेल,कुमार पाठक, गोपाल प्रसाद पान्डे र प्रकाश ढकाललाई चयन गरेको निर्वाचन प्रतिनिधि श्रीराम पान्डेले जानकारी दिए । भेलाको उद्घाटन कार्यक्रममा शाखाका निबर्तमान अध्यक्ष गोकर्णराज ढकाल, लिखु १ का वडा अध्यक्ष नरहरि पान्डे, सदस्य सुन्दर श्रेष्ठ लगायतले मानबिय सेवामा रेडक्रसकर्मिको भुमिका महत्वपूर्ण रहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Hot100
प्रतिक्रिया दिनुहोस