Techie IT
गृहपृष्ठसमाचाररोयल ककनी जनजागरण यूवा क्लव नुवाकोट द्दारा निशुल्क स्वास्थ्य शिविर संचालन

रोयल ककनी जनजागरण यूवा क्लव नुवाकोट द्दारा निशुल्क स्वास्थ्य शिविर संचालन

शिविरमा ३00 जना भन्दा बढि स्थानियहरुले सेवा लिएको समाजसेवी राजनप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।


रोयल ककनी जनजागरण यूवा क्लव नुवाकोटले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
ककनी गाउपालिका वडा नं २ मा रहेको शिवालय मा बि मा संचालन गरेको स्वास्थ्य शिविरमा ३00 जना भन्दा बढि स्थानियहरुले सेवा लिएको समाजसेवी राजनप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
शिविरमा दन्त जाच , हाडजोर्नी तथा नसा सम्बन्धि , भिडियो एक्स रे , आखा, तथा बाल रोग लगाएतको सेवा उपलब्ध गराईएको न्यौपानेले बताउनु भयो । उहाले
शिविरमा चेक जाच पछि निशुल्क औषधी समेत बितरण गरिएको बताउनु भयो ।
रोयल ककनी जनजागरण यूवा क्लबको आयोजनामा भएको शिविरमा केएमसी हस्पिटल का डाक्टरहरुले चोक जाच तथा औषधी बितरण गरेको हो । क्लवले हस्पिटलका ३० जना चिकित्सकहरु लाई सम्मान समेत गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100



प्रतिक्रिया दिनुहोस