Techie IT
गृहपृष्ठसमाचार३८० वर्ष पुरानो कात्तिक नाच सम्पन्न

३८० वर्ष पुरानो कात्तिक नाच सम्पन्न


ललितपुरको मंगलबजारमा नाचिने ३८० वर्ष पुरानो कात्तिक नाच सम्पन्न भएको छ । बुधबार राति र बिहीबार बिहान नृसिंह नाच नाचेसँगै कात्तिक नाच अन्तर्गतका सबै नाच सकिएको हो ।

यसवर्ष ८ दिनसम्म चलेको यो नाच गत वर्ष कोरोना महामारीका कारण दुई दिन मात्रै चलेको थियो । ललितपुरस्थित तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्यायका अनुसार यो बिहीबारबाट कात्तिक नाच सकिएको हो । अब शनिबार विशिष्ट पाहुनाहरू बोलाएर यसको औपचारिक समापन गर्ने तयारी भइरहेको उनले बताए ।

source :- onlinekhabar

पाटन कृष्ण मन्दिरसँगै रहेको चार नारायण मन्दिर अगाडिको कात्तिक डबलीमा हरेक वर्ष १२ दिनसम्म यो नाच नचाउने गरिन्छ । नेपाल सम्वत ७६१ (वि. सं. १६९७)मा तत्कालीन राजा सिद्धिनरसिंह मल्लको पालामा शुरु भएको मानिन्छ । सोही समयदेखि यो नाच अविछिन्न रुपमा ललितपुरमा देखाउँदै आइएको किम्वदन्ती छ ।

source:- onlinekhabarकात्तिक नाच तान्त्रिक विधिबाट नाचिने नाच हो । यसका अधिकांश घटनाहरु विष्णु पुराणका कथाहरुसँग सम्बन्धित छ । शुरु ५ दिनसम्म मनाउने गरिएको यो नाच १५ दिन, २७ दिन हुँदै हाल १२ दिनसम्म मनाइन्छ ।

पहिलो दिन सुदामा प्याखँ, भक्त सुरदास प्याखँ, बाथ प्याखँ, युद्ध कला, देवी नृत्य, जलशयण, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण हुँदै अन्तिम दिन दधिलीला मनाउने गरिन्छ । तर यस वर्ष नृसिंह नाच नाचेसँगै पूजा सकिएको हो ।

onlinekhabar


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस