Techie IT
गृहपृष्ठसमाचारनेकपा एमाले नुवाकोटको ८ ओटा पालिकाको अधिवेसन सम्पन्न

नेकपा एमाले नुवाकोटको ८ ओटा पालिकाको अधिवेसन सम्पन्न


नेकपा एमालेले देशभर कार्तिक ९ गतेदेखि पालिकाहरुमा अधिवेसन मार्फत कमिटि निर्माण गर्ने कार्य थालनी गरेको थियो ।
सोही अनुसार नुवाकोटमा बाँकी रहेको स्थानीय तहहरुमा अधिवेसन मार्फत नयाँ कमिटि निर्माण गरिएको छ । किस्पाङ गाउँपालिकामा सम्पन्न अधिवेसनले बिरबल तामाङलाई सर्वसम्मत रुपमा अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । किस्पाङ गाउँ कमिटिको उपाध्यक्षमा सोनाम लामा, उपसचिवमा कुमारी तामाङ र रुद्रप्रसाद न्यौपाने चयन भएका छन् ।
यस्तै पञ्चकन्या गाउँपालिका नेकपा एमालेको कमिटिको रामनाथ खनाल चयन हुनुभएको छ । कमिटिको उपाध्यक्षमा सुरेन्द्र तामाङ्ग, सचिवमा शिवराम गौताम, सहसचिवमा शिव बाहादुर थापा र दिपक भेटुवाल चयन भएका छन् ।
यस्तै दुप्चेश्वर गाउँ कमिटिको अध्यक्षमा प्रेम तामाङ चयन हुनुभएको छ । उपाध्यक्षमा वोझबहादुर तामाङ, सचिवमा वसन्त धिताल, उपसचिवहरुमा दामे शेर्पा र सरस्वती थापा खड्का सर्वसम्मत रुपमा चयन भएका छन् ।
जिल्लाको १२ स्थानिय तह मध्ये बेलकोटगढी नगरपालिका, म्यागङ गाउपालिका, शिवपुरि गाउपालिका र तारकेश्वर गाउपालिकामा अधिवेशन गर्न बाकी रहेको छ । विदुर नगरपालिकामा अधिवेसनको उद्घाटन सत्र पश्चात नयाँ नेतृतव चयनको लागि छलफल भइरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस